‘मिस वर्ल्ड’ को उपाधि क्रिस्टिनाको पोल्टामा, उत्कृष्ट ४० बाट बाहिरिइन् नेपालकी प्रियंकारानी-Sutra News

‘मिस वर्ल्ड’ को उपाधि क्रिस्टिनाको पोल्टामा, उत्कृष्ट ४० बाट बाहिरिइन् नेपालकी प्रियंकारानी

आइतबार, २७ फाल्गुन २०८०

आइतबार, २७ फाल्गुन २०८०

काठमाडाैं । मिस वर्ल्डको उपाधि चेक रिपब्लिककी क्रिस्टिना पाइस्कोभाले जितेकी छन् । शनिबार राती मुम्बईमा आयोजना भएको फाइनलमा २४ बर्षकी पाइस्कोभाले ७१ औं श्रृङ्खलाको ताज पहिरिइन् । उनले प्रतियोगितामा विभिन्न ११० देशका प्रतियोगीलाई पछि पार्दै मिस वर्ल्डको ताज जितेकी हुन्।



क्रिस्टिना पाइस्कोभालेलाई मिस वर्ल्ड २०२२ क्यारोलिना विलाव्स्काले ताज लगाइदिइन् । पाइस्कोभाले पेसाले अन्तराष्ट्रिय मोडल, स्वयंसेवक र विद्यार्थी हुन् ।

विश्वको नम्बर १ सौन्दर्य प्रतियोगिताको फस्ट रनरअप लेबनानकी जायतौनको पोल्टामा गयो ।

प्रतियोगिताको प्रारम्भिक चरणमा फिटनेश, सौन्दर्य, प्रतिभा र पब्लिक स्पिकिङ लगायतका विधाबाट ४० जना छानिएका थिए। त्यसपछि विभिन्न चरणबाट शीर्ष १२ हुँदै शीर्ष ८ प्रतियोगी छानिएका थिए। शीर्ष आठमा भारतमा भर्खरै सम्पन्न जी-२० शिखर सम्मेलनबारे छलफल गरिएका विषयहरूलाई प्रतियोगीहरूसँग प्रश्नोत्तर भएको थियो।

त्यसपछि प्रतियोगीहरूलाई महिला स्वास्थ्यबारे प्रकाश पार्न लगाइएको थियो। त्यसमा पिस्कोभाले महिनावारी र समाजबारे प्रकाश पारेकी थिइन्। महिनावारीको विषयलाई समाजले हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने उनले बताएकी थिइन्।

मिस वर्ल्ड अमेरिकाको उपाधि ट्रिनिडाड एण्ड टोबागोकी अचे अब्राहम्स र मिस वर्ल्ड उपाधि लेसेगो चोम्बोले जितेका छन् ।

यस्तै, प्रतियोगितामा भारतकी सिनी सेट्टी सातौं भइन्। यो संकरणमा मिस नेपाल वर्ल्ड प्रियंकारानी जोशी क्वाटर फाइनलबाट बाहिरिइन् । प्रियंका उत्कृष्ट ४० सम्म पुगेकी थिइन् । ‘ब्यूटी विथ अ पर्पस’ विधामा भने नेपाल एसियाली विजेता बनेको छ ।

यसअघि पोल्याण्डकी करोलिना बिलावस्का मिस वर्ल्ड थिइन्। उनी २०२२ मा मिस वर्ल्ड चुनिएकी थिइन्। २०२३ मा प्रतियोगिता हुन सकेन। अब २०२५ मा ७२ औं मिस वर्ल्ड प्रतियोगिता हुनेछ।

यस पटकको फिनालेलाई बलिउड फिल्म निर्माता करण जोहर र पूर्वमिस वर्ल्ड मेगन योङले होस्ट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट