जेठ १० मा थपियो ‘दान्भी’, अनमोलसँग भिड्दै पूजा-Sutra News

जेठ १० मा थपियो ‘दान्भी’, अनमोलसँग भिड्दै पूजा

शुक्रबार, २५ फाल्गुन २०८०

शुक्रबार, २५ फाल्गुन २०८०

काठमाडौं । फिल्म ‘दान्भी’को प्रदर्शन मिति तय गरिएको छ । रुपेश तामाङको निर्देशनमा तयार भएको यो फिल्मको महाशिवरात्रि तथा अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आगामी वर्षको जेठ १० गतेबाट नेपालभर प्रदर्शन हुने निर्माण पक्षले घोषणा गरेको हो ।



‘दान्भी’को प्रदर्शन मिति तय भएसँगै अभिनेता अनमोल केसी र अभिनेत्री पूजा शर्मा बक्स अफिसमा आमनेसामने हुने भएका छन् ।

यो मितिमा अनमोल अभिनीत फिल्म ‘फर्की फर्की’ प्रदर्शनमा आउने तयारी यसअघि नै तय गरिसकेको छ । यता, यसै दिन पूजाको एक्सन फिल्म ‘दान्भी’ पनि आउने निश्चित भएसँगै दुई स्टार कलाकारबीच बक्स अफिसमा भिडन्तको माहोवल सिर्जना भएको छ ।

यी दुवै फिल्म बुद्ध जयन्तीको सार्वजनिक बिदा पारेर प्रदर्शनमा आउन लागेका हुन् । दुवै फिल्मको जनरा भने फरक छ । दान्भी एक्सन प्रधान रहेको छ भने फर्की फर्की लभ स्टोरीमा रहेको छ ।

पछिल्लो समय अनमोलसँग पूजाको राम्रो सम्बन्ध छैन । उनीहरु अघिल्लो वर्ष फिल्म ‘रावायण’मा काम गर्ने तयारीमा थिए । जसलाई पूजा आफैले निर्माण गर्दै थिइन् । तर पछि अनमोलले हात झिकेपछि फिल्म निर्माण हुन सकेन । यसपछि अनमोलसँग पूजा रुष्ट देखिदे आएकी छिन् ।

जेठ १० मा ‘फर्की फर्की’ प्रदर्शन हुने पहिले ने घोषणा भए पनि ‘दान्भी’ आउन लाग्नुमा उनीहरुबीचको दरारलाई प्रमुख कारण मानिएको छ ।

लभ स्टोरी फिल्ममा रुचाइएकी नायिका पूजाले पहिलो पटक ‘दान्भी’मार्फत आफूलाई एक्सन लयमा उभ्याएकी छन् । फिल्ममा अभिनेता कुन्साङ बोमजम र किरण श्रेष्ठको पनि मुख्य भूमिका छ । देव मगर, अनुप गडाल निर्माता रहेको यो फिल्ममा पवन राना मगर कार्यकारी निर्माताको रुपमा छन् । फिल्ममा कमला लिम्बु, पन्चबहादुर तामाङ र आदर्श पौडेल सह-निर्माताको रुपमा छन् ।

फिल्मको छायांकन नेपाल र भारतमा गरिएको छ । निर्माणपक्षले वितरकसँग सल्लाह गरेर राम्रो मितिमा फिल्म प्रदर्शन गर्न लागेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट