नवीन श्रीवस्तवले भेटे लगत्तै नारायणकाजीलाई भेट्न पुगे चेन सोङ-Sutra News

नवीन श्रीवस्तवले भेटे लगत्तै नारायणकाजीलाई भेट्न पुगे चेन सोङ

बिहिबार, २४ फाल्गुन २०८०

बिहिबार, २४ फाल्गुन २०८०

काठमाडौं । चिनियाँ राजदूत चेन सोङले नवनियुक्त पराराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर बधाई ज्ञापन गरेका छन् । मन्त्रीमा नियुक्त भएको भोलिपल्ट (बिहीबार) परराष्ट्र मन्त्रालय पुगेर राजदूत सोङले बधाई दिएका हुन् ।



भेटमा द्धिपक्षीय सहकार्यको विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । चिनियाँ राजदूत सोङले नेपालको विकास र समृद्धिमा चीन सदैव सहयोगी रहने बताएको जनाइएको छ ।

यसअघि आज नै भारतीय राजदूत नवीन श्रीवस्तवले पनि परराष्ट्र मन्त्री श्रेष्ठलाई भेटेर बधाई तथा शुभकामना दिएका थिए । श्रीवास्तवले पनि दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने विषय चर्चा गरेका थिए ।

साथै, भारतको सहयोगमा नेपालमा सञ्चालित विकास निर्माणका परियोजनाबारे पनि चर्चा गरेको परराष्ट्रका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट