प्रधानमन्त्रीलाई झस्काउने कांग्रेसको प्रश्न : तपाइँले धोका दिएकाहरु एक भए के होला ?-Sutra News

प्रधानमन्त्रीलाई झस्काउने कांग्रेसको प्रश्न : तपाइँले धोका दिएकाहरु एक भए के होला ?

बिहिबार, २४ फाल्गुन २०८०

बिहिबार, २४ फाल्गुन २०८०

काठमाडौं । सत्ता समीकरण बदल्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कदमलाई कांग्रेसले राजनीतिक बेइमानीको संज्ञा दिएको छ । कांग्रेसले प्रधानमन्त्रीबाट जनमतको ठूलो अपमान भएको निष्कर्ष सुनाएको छ ।



बिहीबारको संसद बैठकमा बोल्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीको कदमले मुलुकलाई श्रृखंलाबद्ध अस्थिरतातर्फ धकेल्ने प्रयास भएको आरोप लगाए ।

“जनताले दिएको आफ्नो जिम्मेवारीबाट भाग्ने काम भयो, यो राजनीतिक बेइमानी हो, मुलुकलाई श्रृखलाबाद्ध अस्थिरतातर्फ लैजाने काम भयो”, उनले भनेका छन् ।

सँगै लेखकले प्रधानमन्त्रीबाट धोका पाएका सबै एक ठाउँमा हुँदा के होला भनि प्रश्न गरेका छन् । “हेक्का राख्नुहोस् ! तपाईंले धोका दिएकाहरू सबै एकजुट भए तपाईंको हालत के होला ?”, चेतावनीपूर्ण भाषामा उनले भनेका छन् ।

उनले १४ महिनामा तीनपटक फेरबदल भएको उल्लेख गर्दै उनले सबैलाई धोका दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट