मृगाैलालाई स्वस्थ राख्न चाहनुहुन्छ भने यस्ता खानाबाट रहनुपर्छ टाढा-Sutra News

मृगाैलालाई स्वस्थ राख्न चाहनुहुन्छ भने यस्ता खानाबाट रहनुपर्छ टाढा

बिहिबार, २४ फाल्गुन २०८०

बिहिबार, २४ फाल्गुन २०८०

खराब जीवनशैलीका कारण कुनै पनि व्यक्तिलाई मृगाैलामा पत्थरीको समस्या हुन सक्छ । कहिलेकाहीँ पानीको कमीका कारण पनि यस्तो हुन्छ । तर, शरीरमा क्याल्सियम र कोलेस्ट्रोलको मात्रा बढेमा पत्थरी बन्ने गर्छ । यी सबै समस्याबाट बच्न के गर्ने भन्ने प्रश्न उठ्छ ।



मृगाैलालाई स्वस्थ र बलियो बनाउन खानपानमा सुधार गर्नुपर्ने हुन्छ । स्वास्थ्य विज्ञहरूका अनुसार सेतो खानेकुरालाई आहारबाट पूर्णरूपमा हटाउनुपर्छ । किनभने यसले मृगाैलामा पत्थरी बनाउँछ।

मृगाैलामा संक्रमण भएमा मात्रै मानिसहरु मृगाैलाको समस्यालाई गम्भीर रुपमा लिन्छन् । पिसाबमा प्रोटिन लिकेज भएको पत्ता लाग्दासम्म शरीरको सबैभन्दा महत्त्वपूर्ण अंग ६०–७० प्रतिशतले क्षति पुगेको हुन्छ । जसका कारण विगत १५ वर्षमा मिर्गौला रोगीको संख्या दोब्बर भएको छ । मृगौला स्वस्थ राख्न भुलेर पनि यी चिज खानु हुँदैन ।

नुनमा सोडियमको मात्रा धेरै हुन्छ । जसले गर्दा शरीरमा सोडियमको सन्तुलन बिग्रन्छ । यसले रक्तचाप पनि बढाउँछ । यसको सबैभन्दा बढी असर मृगौलाको काममा पर्छ । शरीरमा पानीको कमीका कारण फोहोर बाहिर निस्कन सक्दैन । जसले गर्दा हड्डी कमजोर हुन्छ ।

धेरै चिनी खाँदा मृगौलामा पनि खतरनाक असर पर्छ । रगतमा चिनीको मात्रा १८०mg/dl भन्दा बढी हुँदा मृगाैलाले चिनीलाई थेग्न सक्दैन । यही कारणले गर्दा मधुमेहका बिरामीको मृगाैला चाँडै बिग्रन थाल्छ ।

केरामा पोटासियमको मात्रा धेरै हुन्छ । केरा धेरै खाँदा शरीरमा पोटासियमको मात्रा बढ्न सक्छ, जुन शरीरको लागि हानिकारक साबित हुन सक्छ। एजेन्सीबाट

यद्दपि, यहाँ जे लेखिएको भएपनि विज्ञहरूको सल्लाहअनुसार निर्णय लिन हाम्रो आग्रह छ। सं.

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट