पूजा शर्मालाई ‘बहुरुपी औरत’ संज्ञा दिँदै समीक्षा अधिकारीको कटाक्ष-Sutra News

पूजा शर्मालाई ‘बहुरुपी औरत’ संज्ञा दिँदै समीक्षा अधिकारीको कटाक्ष

बुधबार, २३ फाल्गुन २०८०

बुधबार, २३ फाल्गुन २०८०

काठमाडौं । गायिका समीक्षा अधिकारीले सामाजिक सञ्जालबाट नायिका पूजा शर्मामाथि कटाक्ष गरेकी छन् ।



समीक्षाले नाम उल्लेख नगरी पूजामाथि ‘बहुरूपी औरत’को संज्ञा दिँदै घुमाउरो शैलीमा तीव्र कटाक्ष व्यक्त गरेकी हुन् ।

समीक्षाले लेखेकी छन्: ‘अस्ति सिनेमा चलाउन रोएको नाटक गरेऊ । हिजो उसैलाई नाना थरी भन्दै मेरो पाउ परेऊ । आज फेरि आफ्नो फाइदाका लागि उतै तिर चाकडी गर्दै रहेछौ । बहुरूपी औरत ।’

उनको यो स्ट्याटस हेर्दा पल र पूजाको पछिल्लो निकटतालाई लिएर पोष्ट गरेकी हुन् भन्ने बुझ्न सकिन्छ । उनको स्ट्याटसको कमेन्टमा पनि धेरैले पूजाको नाम लिएका छन् ।

कुनै समय पलसँग सम्बन्धन राम्रो नभएको बेला आफूसँग जोडिएको र अहिले फेरि पलकै चाकडी गरेको गरेपछि समीक्षाले पूजालाई निशाना बनाएकी हुन् भन्ने धेरैले अनुमान लगाएका पनि छन् ।

पल शाह जेल पर्दा पूजा शर्माले निर्माण गरेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ रिलिज भएको थियो । त्यस बेला हल–हलमा पुगेर पूजाले रुवावासी गरेकी थिइन् । उनले पलको पक्षमा निकै बयानबाजीहरू पनि गरिन् । त्यस बेला पलको बचाउमा पूजाले समीक्षाप्रति लक्षित गर्दै अस्वाभाविक अभिव्यक्ति समेत दिएकी थिइन् ।

पल जेलमुक्त भएपछि भने पूजा उनीसँग चिढिइन् । पलले आफूलाई भाउ नदिएको भन्दै उनी असन्तुष्ट बनेकी थिइन् । उनीहरूबीच लामो समय बोलचाल समेत भएन । पल शाहसँग टाढिएपछि उनी समीक्षासँग नजिकिइन् । उनले समीक्षासँग थुप्रै टिकटक भिडियो पनि बनाइन् । त्यस बेला पललाई चिढ्याउन पूजा समीक्षासँग नजिक बनेकी थिइन् ।

अहिले फेरि पल र पूजाको मिलन भएको छ । पूजा पलको बखान गर्दै हिँड्न थालेकी छन् । उनीहरू सुदर्शन थापाको निर्देशनमा तयार हुन लागेको फिल्म ‘रावायण’मा एकसाथ काम गर्दै छन् । यसैलाई लिएर समीक्षाले बोल्ड स्टेटमेन्ट दिएकी हुन् । समीक्षाको स्ट्याटसप्रति पूजाले भने प्रतिक्रिया जनाइसकेकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट