गठबन्धन देखेर रिस उठ्ने सुमना बनिन् मन्त्री-Sutra News

गठबन्धन देखेर रिस उठ्ने सुमना बनिन् मन्त्री

बुधबार, २३ फाल्गुन २०८०

बुधबार, २३ फाल्गुन २०८०

काठमाडौं । नेपाली राजनीतिमा रातारात सोमबार सत्ता गठबन्धन परिवर्तन भयो । नेपाली कांग्रेस-नेकपा माओवादी केन्द्रसहित पाँच दलीय गठबन्धन भत्किएसँगै नेकपा एमाले-माओवादीको नयाँ गठबन्धन बन्यो ।



नयाँ गठबन्धनमा एमाले-माअ‍ोवादीसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकृकीत समाजवादीको नयाँ गठबन्धन बनेको हो । नयाँ सत्ता गठबन्धन बनेसँगै बुधबार मन्त्रालय भागबण्डा मिलेको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीलाई निरन्तरता दिने भएको छ । यसबाहेक एमालेबाट आठ, माओवादीबाट पाँच, रास्वपाबाट चार, जसपाबाट दुई मन्त्री बन्ने भएका छन् । यस्तै, नेकपा एसले पाउने मन्त्रालयबारे छलफल हुन बाँकी छ ।

नयाँ गठबन्धन सरकारमा रास्वपा सभापति रवि लामिछाने उपप्रधानसहित गृह मन्त्री बन्ने भएका छन् । उनको नेतृत्वमा रास्वपाबाट चार जना मन्त्री बन्ने भएका छन् । जसमा शिक्षा मन्त्रीमा सुमना श्रेष्ठ , युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठल र श्रममन्त्रीमा उपसभापति डोलप्रसाद अर्याल मन्त्री बन्ने भएका हुन् ।

उपसभापति अर्यालले सोमबार साँझ पद तथा गोपनीयताको सपथ लिइसकेका छन् । सभापति लामिछाने र अर्याय यसअघि पनि सोही मन्त्रालयको जिम्मेवारीमा रहेका थिए । दोस्रोपटक सत्तामा जाँदै गर्दा रास्वपाले सुमना र विराजभक्तलाई मन्त्री बनाउने निर्णय गरेको हो ।

दुई हप्ता नटिक्ने सुमनाको बचन

राष्ट्रिय राजनीतिमा नयाँ आशाका साथ हेरिएको पार्टी हो– रास्वपा । गत वर्ष आम निर्वाचन हुनभन्दा ६ महिनाअघि दल दर्ता गरी २० सिट जितेर राष्ट्रिय राजनीतिमा उदाएको रास्वपा एक वर्षको अवधिमा दोस्रोपटक सत्ता यात्रा गएको हो ।

दोस्रोपटक सत्तामा जाँदा रास्वपाबाट दुई नयाँ अनुहार मन्त्री बन्दा सुमना शिक्षा मन्त्री बन्ने भएकी छन् राजनीति सुरु गरेको दुई वर्ष पूरा नहुँदै मन्त्री बन्न लागेकी उनले गठबन्धनले आजित भएर राजनीति आएको बताएकी थिइन् ।

दुई हप्ताअघि पोखरामा भएको नेपाल साहित्य महोत्सवमा बोल्दै सुमनाले देशमा हुँदै आएको गठबन्धन सरकारबाट आफूलाई पाइतलाबाट रिस उठेर राजनीतिमा होमिएको बताएकी थिइन् ।

प्रस्तोता बसन्त बस्नेतले सुमना जी तपाईं राजनीतिमा किन आको ? भन्ने प्रश्न गरेका थिए ।

प्रस्तोताको प्रश्नमा जवाफ दिँदै सुमनाले भनेकी थिइन्, ‘म राजनीतिमा आको चाहिँ नि ‘अनेस्टली भन्दा रिसमा हो, लोकतन्त्र भनेको त आफूलाई चित्त नबुझेको मान्छेलाई ‘भोट आउट’ गर्ने प्रक्रिया हो नि, जब गठबन्धन गर्छु भने नि त्यसपछि एकमद पाइतलाबाट रिस उठ्यो, यस्तो पनि हुन्छ जहिले पनि सेम मान्छे, जहिले पनि सेम मान्छे, हुँदैन भनेर ।’

उनले जहिले पनि गठबन्धन गर्न नपाइने भन्दै आफ्नो अधिकार प्रयोग गरी राजनीतिमा आएको बताएकी थिइन् । उनले आफू ठूलो सिद्धान्तमा नभएको बताउँदै एउटा समाज सेवा गर्न राजनीतिमा आएको बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट