रविपछि माधवलाई प्रधानमन्त्री बन्न देउवाको अफर-Sutra News

रविपछि माधवलाई प्रधानमन्त्री बन्न देउवाको अफर

बुधबार, २३ फाल्गुन २०८०

बुधबार, २३ फाल्गुन २०८०

काठमाडौं । सत्ता समीकरण परिवर्तनपछि प्रतिपक्षीको बेन्चमा पुगेको नेपाली कांग्रेसले एकपछि अर्को दललाई प्रधानमन्त्रीको अफर गर्न थालेको छ । मंगलबार बसेको कार्यसम्पादन समितिको बैठकपछि प्रतिपक्षीको बेन्चमा बस्ने निर्णय गरेको कांग्रेसले लगत्तै नयाँ समीकरण तोड्न प्रधानमन्त्रीको अफर गरेको हो ।



मंगलबार कांग्रेसले सत्ता समीकरणमा सहभागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेको थियो । लामिछाने विश्वस्त नभएपछि कांग्रेसले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्रीको अफर गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले अध्यक्ष नेपाललाई फोन गरेको उक्त प्रस्ताव राखेको कांग्रेस उच्च स्रोतले जनाएको छ । केही दिनदेखि रुघाखोकीले घरमै आराम गरिरहेका नेपाललाई उनकै घरमा पुगेर संवादको तयारीमा देउवा रहेको स्रोतले जनाएको छ ।

यसअघि मंगलबार साँझ माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको टोलीले अध्यक्ष नेपाललाई बेग्ला–बेग्लै र सामूहिक भेटवार्ता गरेका थिए । सत्ता गठबन्धनमा सहभागि हुन् नेताहरुले आग्रह गरेका थिए ।

जसमा अध्यक्ष नेपाल सकारात्मक देखिएका थिए । यद्यपि, त्यसयता कांग्रेस र राप्रपाका नेताहरुले एकपछि अर्को गर्दै संवाद बढाइरहेका छन् । कांग्रेसले जसरी पनि समीकरण तोड्ने र बहुमत पुग्न नदिने रणनीतिअनुसार संवादलाई बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट