

काठमाडौं । त्रिवि मैदानमा सम्पन्न टी–२० आई त्रिकोणात्मक सिरिजअन्तर्गत आज भएको उपाधि भिडन्तमा नेपाल पराजित भएको छ ।
नेपाललाई नेदरल्यान्ड्सले ४ विकेटले पराजित गरेको हो । योसँगै नेपाल आफ्नै घरमा पराजित भएको हो ।
नेपालले दिएको १८५ रनको लक्ष्य नेदरल्यान्ड्सले १९.३ ओभरमा ६ विकेट गुमाउँदै भेट्टाएको हो ।
नेपालका लागि आशिफ शेखले ४७ रन बनाए । ३७ बलमा १ चौका र ३ छक्का हानेका उनी माइकल लेविटको बलमा एलबीडब्लु धरापमा परेका हुन् ।
यस्तै, दीपेन्द्रसिंह ऐरी केबल १ रनमै आउट भए । शाशिफ आउट भएपछि क्रिजमा छिरेका उनी १४.३ ओभरमा एलबीडब्लु धरापमा पर्दै आउट भए । कप्तान रोहित पौडेलले १९ बलमा ३ चौका र १ छक्का हाने । उनले २५ रन बनाउँदा माइकल लेभिटको बलमा आउट भए ।
त्यसअघि ओपनर कुशल भुर्तेल चौथो ओभरको तेस्रो बलमा २० रन बनाउँदा टिम भान डेर गुटेनको बलमा बोल्ड आउट भए । कुशलले १० बलमा १ चौका र २ छक्का हाने । कुशल मल्लले ११ बलमा २६ रन बनाउँदा करण केसीले ४ बलमा नौ रन बनाए ।