दिव्याले ‘वरिष्ठ बलराम’ छाडेपछि अभिनेत्रीको खोजीमा निर्माण टिम-Sutra News

दिव्याले ‘वरिष्ठ बलराम’ छाडेपछि अभिनेत्रीको खोजीमा निर्माण टिम

मंगलबार, २२ फाल्गुन २०८०

मंगलबार, २२ फाल्गुन २०८०

काठमाडौं । अभिनेता दीलिप रायमाझीकी छोरी दिव्या रायमाझीले फिल्म ‘वरिष्ठ बलराम’बाट डेब्यू गर्ने चर्चा थियो । दिव्याले दशैंअघि नै ‘वरिष्ठ बलराम’कालागि सम्झौता गरेकी थिइन् ।



सुन्दरताका कारण लामो समयदेखि चर्चामा रहेकी दिव्या यतिबेला अमेरिकामा छिन् । मेरिल्यान्ड युनिभर्सिटीबाट अभिनयमा ब्याचलर गरेकी दिव्या अब नेपाली फिल्ममा नै भविष्य बनाउने योजनासहित नेपाल आउँदै छिन् । उसो त, उनलाई पिताको लिगेसी धान्नुपर्ने ठूलो चुनौती समेत छ ।

नेपाली फिल्ममा डेब्यू गर्न चाही रहेकी दिव्याले अब अर्को फिल्म ‘एक्टर’मा काम गर्ने कुरा भएको छ । उनले नायक प्रदीप खड्काको मुख्य भूमिका रहने भनिएको फिल्म ‘एक्टर’ निर्माण टिमसँग सम्झौता पनि गरिसकेकी छिन् । ‘एक्टर’कालागि दिव्या केही हप्ताभित्रै नेपाल आउन लागेकी छिन् ।

यता, फिल्म ‘वरिष्ठ बलराम’को छायांकन निर्धारित समयमा सुरु हुन नसकेका कारण दिव्याले फिल्म ‘एक्टर’को निर्माण टिमसँग हुन्छ भनेको बताइन्छ ।

सुरुवातमा ‘वरिष्ठ बलराम’ को छायांकन भदौबाट गर्ने बताएको थियो । यसपछि, फेरि फिल्मलाई मङ्सिर २५ बाट सुरु हुने भनिएको थियो । निर्माण पक्षले यसपछि, फेरि फिल्मलाई पौषबाट छायांकन गर्ने जानकारी गरायो । यस फिल्मका निर्माता रोहित अधिकारीले पौष महिना जाडो हुने भएकाले फिल्मको छायांकन गर्न सहज नहुने भन्दै पौषबाट फेरि सेड्यूल चैत्र महिनामा पुर्‍याएका छन् । यता फिल्मका अन्य कलाकारहरूको समय पनि तत्कालै फिल्मकालागि समय निकालेर छायांनमा गइहाल्ने अवस्थामा छैन ।

सुरेन्द्र पौडेलले निर्देशन को सुटिङमा जाने टुङ्गो नभएपनि निर्माण टिमले भने आफ्नो रिलिज मिति घोषणा गरिसकेको छ । यतिकैमा, फिल्मका मुख्य खगेन्द्र लामिछाने यतिबेला फिल्म ‘मेयर’को छायांकनमा व्यस्त छन् । यो फिल्मको छायांकन अब केही महिना सम्म निरन्तर चल्ने बुझिन्छ । अर्का मुख्य कलाकार दयाहाङ राई पनि फिल्म ‘घरज्वाइँ’ को छायांकनमा व्यस्त छन् । यसपछि दयाले अर्को फिल्म ‘कार्साङ’कालागि समय दिँदै छन् ।

सोही कारण यो फिल्म बन्न अलि ढिलो हुने भएपछि दिव्याले ‘वरिष्ठ बलराम’ छाडेको बताइएको छ ।

स्रोतले दिएको जानकारी अनुसार फिल्मको छायांकन गर्ने मिति लम्बिँदै गर्दा दिव्याले पनि फिल्म छाडेको कुरा हुँदै गर्दा यसको निमार्ण पक्षले अर्कै अभिनेत्रीको खोजीमा निस्किएको र सोही नायिकालाई भित्र्याउने कुरा सहित कुराकानी गरिरहेको बुझिएको छ । फिल्मकालागि यतिबेला दुई जना नायिकासँग निर्माणपक्षको वार्तालाप भइरहेको छ ।

फिल्म ‘वरिष्ठ बलराम’मा पटकथा लेखन खगेन्द्र लामिछानेको रहेको छ । फिल्म रोहित अधिकारी फिल्मस् र ओएसआर डिजिटलको सहकार्यमा बन्न लागेको हो । ओमप्रकाश अग्रवाल समेत निर्माता रहने फिल्ममा मनोज ओली र रामु न्यौपाने सह-निर्माता रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट