तेस्रो पटक बन्द ‘मुन्द्रेको कमेडी क्लब’-Sutra News

तेस्रो पटक बन्द ‘मुन्द्रेको कमेडी क्लब’

मंगलबार, २२ फाल्गुन २०८०

मंगलबार, २२ फाल्गुन २०८०

काठमाडौं । जितु नेपालले सञ्चालन गर्दै आइरहेको कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’को तेस्रो सिजनको प्रसारण पनि बन्द भएको छ ।



कार्यक्रमका संचालक जितुले एक्कासि शोको प्रशारण रोक्नुको कारण नखुलाई बन्द गरिएको जानकारी गराएका छन् । उनले यस विषयमा विस्तृतरुपमा पछि मात्र जानकारी दिने बताएका छन् ।

तर, जितुले शो प्रसारण गर्दै आएको टेलिभिजनले गरेको समय परिवर्तन लगायत विभिन्न कारण र अन्य कुनै नौलो कार्यक्रम ल्याउन शो बन्द गर्नु परेको जितुले बताएका छन् ।

यो शोलाई जितुले ३ सिजन गरेर १८४ भाग प्रशारण गरेको पनि उल्लेख गरेका छन् । यो शोमा अध्यक्ष पनि तीन सिजनमै फेरिएका थिए । पहिलो सिजनमा दीपाश्री निरौला, दोस्रो सिजनमा करिश्मा मानन्धर र तेस्रो सिजनमा प्रियंका कार्कीले शोको अध्यक्षता ग्रहण गरेका थिए ।

‘मुन्द्रेको कमेडी क्लब’बाट प्रशारण भएका भागहरु कुनै चर्चामा रहे भने अधिकांशले दर्शकको ध्यान खिच्न सकेनन् । यो शोलाई ‘कमेडी नाइट्स विथ कपिल’ शोको शैलीमा तयार पारिएको शोमा विशेषगरि, प्रस्तुत हुने विषयवस्तुले कमेडीको प्रतिस्पर्धात्मक बजारमा प्रतिस्पर्धा गर्न सकेनन् ।

पहिलो सिजनमा अध्यक्ष दीपाश्री निरौलासँग विवाद भएपछि शो बन्द भएको थियो । यसपछि, जितु र दीपाश्रीको टिमविच नै असमझदारी पैदा भएको थियो । यही शोका कारण दीपकराज गिरी र उनको टिमबाट जितु नेपाल बाहिरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट