गठबन्धन परिवर्तनकाे प्रभाव : गण्डकीमा माओवादीका दुई मन्त्री बर्खास्त-Sutra News

गठबन्धन परिवर्तनकाे प्रभाव : गण्डकीमा माओवादीका दुई मन्त्री बर्खास्त

मंगलबार, २२ फाल्गुन २०८०

मंगलबार, २२ फाल्गुन २०८०

पोखरा । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै त्यसको असर प्रदेश तहमा देखिन सुरु गरेको छ । नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रका दुई मन्त्रीलाई बर्खास्त गरेका छन् ।



पाण्डेले माओवादी केन्द्रका सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई पदबाट हटाएका हुन् ।

सिम्खडा र जुग्जालीलाई बर्खास्त गरेर उनले दुवै मन्त्रालय आफै मातहत राखेका छन् ।

केन्द्रमा नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसको गठबन्धन तोडेर नेकपा एमालेसहितकाे गठबन्धन बनाएकाे छ । जसकाे प्रभाव प्रदेश तहमा देखिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट