गायिका एलिना चौहानको स्टेजमै प्राविधिकसँग भनाभन भएपछि…-Sutra News

गायिका एलिना चौहानको स्टेजमै प्राविधिकसँग भनाभन भएपछि…

सोमबार, २१ फाल्गुन २०८०

सोमबार, २१ फाल्गुन २०८०

काठमाडौं । पछिल्लो समय गायक गायिकाहरूको स्टेजमा अपमान भएका खबरहरू बढ्दो मात्रामा आइरहेका छन् । ज्योति मगर नाच्दा नाच्दै स्टेज भासिएको र दुर्गेश थापाले गाउँदा गाउँदै दर्शकबाट जुत्ता प्रहार भएको कुरा अझै ताजै छ ।



अब फेरि गायिका एलिना चौहानको अर्को स्टेजको घटना पनि बाहिरिएको छ । हालसालै ब्रेकअप र कट्टा हान्दिन्छु गीतबाट चर्चा कमाएकी गायिका चौहानले स्टेजमै प्राविधिकलाई नाच्न नजान्ने आँगन टेढो भन्दै गाली गरेकी छिन् ।

एलिनाले खुलेआम प्राविधिकलाई गाली गरेकी छिन् । उनले प्राविधिकलाई गाली गरेको भिडियो यति वेला सामाजिक सञ्जाल भर भाइरल भई रहेको छ । भिडियोमा एलिना र साउन्ड टेक्निसियनबीच विवाद देख्न सकिन्छ । भिडियोमा एलिना र टेक्निसियनको केही समय दोहोरो जवाफ भएको देख्न सकिन्छ ।

उक्त भिडियो पर्वत महोत्सवको हो । भिडियो क्लिप हेर्दा गायिका एलिना रिसले चुर भएको देख्न सकिन्छ । आइतबार साँझ जारी तेस्रो ऐतिहासिक मगर राष्ट्रिय महोत्सवमा प्रस्तुति दिन एलिना पुगेकी थिइन् । जहाँ पहिले देखिनै पानी परिहरेको थियो । सुरुबाटै कार्यक्रमको साउन्ड सिस्टम खराब देखिएको थियो । पानी परेको कारण मोनिटर समेत राखिएको थिएन । जसले एलिनालाई गाउन सकस परेको थियो । त्यसका बावजुत पनि एलिनाले दर्शकलाई रिझाउन हर प्रयास गरिन् ।

उनले जति नै गीत गाएपनि दर्शकबाट वान्समोरको हुटिङ भैरहन्थ्यो । ‘साउन्ड सिस्टम मिलाउनुस्, म जति पनि गाइहाल्छु । पानी परेर पनि साउन्ड बिग्रिएको होला,’ एलिनाले भनिन् ।

एलिनाले आफ्नो कुरा राख्न नपाउदै साउन्ड टेक्निसियनले उल्टै एलिनालाई नै दोष देखाए । प्राविधिक कक्षबाट टेक्निसियनलले एलिनालाई आफ्नो भोकललाई क्लीयर गरेर हामीसँग लेबल माग्नु भनेका छन् । त्यसपछि एलिनाले तपाईँको बोल्ने ढंग सुधार्नु आफ्नो गल्लि देख्नु हुन्न भनेर कराउँछिन् । प्राविधिक फेरि आफ्नै बोलीमा अडिक भएर आफ्नो भोकल क्लियर गर्नु सुरुमा भन्छन् । एलिनाले फेरि ‘पहिला तपाइको त्यो बोल्ने ढंग सुधार गर्नु है  बुझ्नुभयो ? आफ्नो गल्ती छ, यहाँ आएर एकचोटी उफ्रेर हेर्नु त । तपाइले मलाई सिकाउनु पर्दैन । बुझ्नु भयो । नाच्न जान्दैन आँगन टेडो भनेको यही हो क्या । मिलाउन आउँदैन । लाज लाग्दैन यस्ता बोल्नलाई ।’

अन्तममा भनाभन भएपछि भने एलिना त्यहाँबाट हिँडेकी थिइन् । उनले आयोजकसँग कुरा गरेर प्रस्तुति बन्द गरेको बताइन्छ । भिडियोमा दर्शकले साउन्डको गल्ती भन्दै टेक्निसियनलाई गाली गरेको समेत देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट