

काठमाडौं । आयरल्याण्डको ‘ए’ क्रिकेट टोली नेपाल आउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार आयरल्याण्ड एले नेपालसँग खेल्ने आठ खेल खेल्नका लागि आउने भएको हो ।
जसअनुसार आयरल्याण्ड एले नेपालसँग मार्च २४ र मार्च २५ मा टी २० खेल खेल्ने छ । मार्च २८, २९ र ३० मा नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’बीच टी २० खेल हुने छ ।
यस्तै अप्रिल ३, ५ र ७ नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’बीच एक दिवसीय खेल खेल्ने छ ।