बन्दीपुरमा भगवान् शिवको मूर्तिको प्राण प्रतिष्ठा हुँदै-Sutra News

बन्दीपुरमा भगवान् शिवको मूर्तिको प्राण प्रतिष्ठा हुँदै

आइतबार, २० फाल्गुन २०८०

आइतबार, २० फाल्गुन २०८०

काठमाडौं । बन्दीपुर केवलकारको बटम स्टेसन चोकमा पाँच फिट अग्लो सांस्कृतिक विरासत बोकेको भगवान् शिवको मूर्ति स्थापना गरी महाशिवरात्रिको दिन प्राण प्रतिष्ठा हुन लागेको छ ।



सात दिनको विशेष धार्मिक तयारी पश्चात् बाजागाजा, भजन कीर्तन र शिवधुनी मेलासहित भव्य रूपमा महाशिवरात्रि मेला गरेर प्राण प्रतिष्ठा गरिने बन्दीपुर केवलकार भगवान् शिव प्राण प्रतिष्ठा समितिका संयोजक किरण पोखरेलले जानकारी दिए ।

यस दिनमा लक्ष्यवती लाखबत्ती जलाउने कार्यक्रमसमेत रहेको उनको भनाइ थियो । फागुन २४ गतेदेखि विशेष पूजा सुरु गरी फागुन २६ गते बिहान सम्पूर्ण विधि पूजा गरी सम्पन्न गर्ने कार्यक्रम रहेको तथा नियमित भक्तजन एवं धार्मिक पर्यटकले २६ गतेदेखि दर्शन गर्न सक्ने समितिले जनाएको छ ।

साथै, यसै ठाउँमा पर्यटकीय रूपमा दर्शन गर्न मिल्ने गरी अर्को ४२ फिट अग्लो शिवजीको मूर्ति बनिरहेको र आगामी दुई महिनाभित्र तयार भई दर्शन गर्न सकिने गरी काम गरिरहेको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट