सवारी दुर्घटना हुँदा बालिकाको मृत्यु, ६ जना घाइते-Sutra News

सवारी दुर्घटना हुँदा बालिकाको मृत्यु, ६ जना घाइते

आइतबार, २० फाल्गुन २०८०

आइतबार, २० फाल्गुन २०८०

काठमाडौं । धनकुटामा भएको सवारी दुर्घटनामा एक जना बालिकाको मृत्यु भएको छ । घटनामा छ जना घाइते भएका छन् ।



हिलेबाट पाख्रिबासतर्फ गइरहेको पिकअप भ्यान दुर्घटना हुँदा घटना स्थलमा नै एक बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।

उनीहरुलाई थप उपचारका निम्ति धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । प्रहरीले मृतक र घाइतेको परिचय सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट