पारिवारिक ममताको अभावमा थिइन् शालिन…-Sutra News

पारिवारिक ममताको अभावमा थिइन् शालिन…

आइतबार, २० फाल्गुन २०८०

आइतबार, २० फाल्गुन २०८०

काठमाडौं । १४ वर्षिया बालिका शालिन पोखरेलको मृत्यु प्रकरणले फेरि एक पटक निर्मला पन्तलाई सम्झायो । विद्यालयको होस्टेलमा झुण्डिएको अवस्थामा मृत फेला परेकी पोखरेलको मृत्युसँग जोडिएका केही घटना निकै शंकास्पद देखिए ।



प्रारम्भिक दृश्यलाई केलाउँदा उनको बलात्कारपछि हत्या भएको आशंका धेरैले गरे ।

सोही आशंकाकै आधारमा शालिनको परिवारले पनि शव परीक्षण चिवतनमा गर्न मानेनन् । भरतपुर अस्पतालको परीक्षण सन्देहपूर्ण मानिएपछि नै प्रहरीकै रोहवरमा शालिनको शव त्रिवि शिक्षण अस्पताल काठमाडौं ल्याइएको थियो ।

त्रिवि शिक्षण अस्पतालले आइतबार शव परीक्षण (पोष्टमार्टम) रिपोर्ट चितवन प्रहरीलाई पठाएको छ । पोस्टमार्टम गर्दा बलात्कार वा यौनजन्य अपराधका कुनै संकेत नभेटिएको अस्पताल स्रोतले जनाएको छ । बालिका पोखरेलको मृत्यु ‘झुण्डिएको कारण’ भएको पोष्टमार्टममा देखिएको जनाइएको छ । यद्यपि, समाचार तयार गर्दासम्म प्रहरीले रिपोर्ट सार्वजनिक गरेको छैन ।

तथापि, वस्तुस्थितिलाई केलाउँदा शालिन पारिवारिक छहारीको निकै अभावमा थिइन् । १४ वर्षकी उनले अभिभावकको माया आवश्यकताअनुसार पाउन सकेकी थिइन् ।

बिडम्बना नै भन्नुपर्छ उनी चार वर्षको हुँदा उनका बा–आमाबीच सम्बन्ध विच्छेद भएको थियो । उनी त्यसयता कहिले मामा घर त कहिले होस्टलमै बस्दै आएकी थिइन् ।

चितवन प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार शालिनकी आमाले पाकिस्तानी नागरिकसँग विहे गरेर उतै घरमज गरिरहेकी छिन् भने उनका बाबु काठमाडौंस्थित बसुन्धारामा कान्छी आमासँग बस्दै आएका छन् ।

उनलाई आवश्यक पर्दा मात्रै दुवैले फोन गर्ने गरेको भण्डारी बताउँछन् । “उनीहरुले आवश्यक पर्दा मात्रै बच्चालाई वार्डेनमार्फत् फोन गर्थे भन्ने बुझिन्छ, होस्टलमा मोबाइल बोक्न दिइएको थिएन”, भण्डारीले भनेका छन् ।

सम्बन्धित समाचार

शालिन मृत्यु प्रकरण : पोस्टमार्टममा पुष्टि भएन बलात्कार

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट