नामिबिया र नेदरल्यान्ड्सबीचको खेल रोकियो-Sutra News

नामिबिया र नेदरल्यान्ड्सबीचको खेल रोकियो

आइतबार, २० फाल्गुन २०८०

आइतबार, २० फाल्गुन २०८०

काठमाडौं । त्रिकोणात्मक टी २० आई सिरिजअन्तर्गत नामिबिया र नेदरल्यान्ड्सबीचको खेल रोकिएको छ । वर्षाका कारण खेल रोकिएको हो ।



लिगको अन्तिम खेलमा टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले १५ ओभरमा ४ विकेट गुमाउँदै ९८ रन बनाएपछि वर्षाका कारण खेल रोकिएको छ ।

भारी वर्षा हुँदा खेल प्रभावित हुने देखिन्छ । खेल रद्द भएको खेलमा नेदरल्यान्ड्स फाइनलमा पुग्ने छ । नामिबिया फाइनलमा पुग्न विशाल जित निकाल्नु पर्ने हुन्छ । फाइनल मंगलबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट