राजु गिरीको ‘इश्वर’को छायांकन सम्पन्न-Sutra News

राजु गिरीको ‘इश्वर’को छायांकन सम्पन्न

आइतबार, २० फाल्गुन २०८०

आइतबार, २० फाल्गुन २०८०

काठमाडौं । फिल्म ‘इश्वर’ को छायांकन सम्पन्न भएको छ ।



निर्माण पक्षले दिएको जनकारी अनुसार फिल्मको छायांकन २७ दिनमा सकिएको हो ।

राजु गिरीको निर्देशन रहेको यस फिल्मको सम्पूर्ण छायांकन पोखरा र हेम्जाकोटमा गरिएको छ ।

लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा दिव्या कंगना फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा ध्रुब थापा, अनु शाह, पृथ्वीराज प्रसाईं, कृष्टि गुरुङ, सुनिल थापा, सबिन बास्तोला, माओत्से गुरुङ, रबिन्द्र झा, बुद्धि लामा, शिशिर वाङ्देल र गीता अधिकारीको अभिनय रहेको छ ।

फिल्मको पटकथा एवम् संवाद भोजराज देवकोटाले तयार पारेका हुन् । हरिबहादुर थापा र शंकर गिरी निर्माता रहेको फिल्ममा अर्जुन पोखरेल, राजेन्द्र बजगाई र वीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट