काठमाडौं । अभिनेत्री नन्दिता केसी विवाह बन्धनमा बाँधिएकी छन् । शनिबार प्रेमी अरविन्द्र कट्वालसँग विवाह बन्धनमा बाँधिएकी हुन् ।
यसअघि बिहीबार नन्दिताले काठमाडौंको रेसु भिल्लामा मेहेन्दी उत्सव मनाएकी थिइन् । यस कार्यक्रममा उनी निकट फिल्मकर्मी र आफन्त उपस्थित भएका थिए ।
केही समयअघि क्यानडामा इन्गेजमेन्ट गरेका उनीहरूले काठमाडौंमा विवाह गरेका हुन् । नन्दिता र उनका प्रेमी अरविन्द्र दुवै अमेरिकामा बस्दै आएका थिए ।
अरविन्द्र पेशाले मुटुरोग विशेषज्ञ हुन् । उनी अमेरिकाको नर्थ क्यारोलिनामा बस्छन् ।