एमालेले हराएको भनेपछि प्रधानमन्त्री कार्यालयले निकाल्यो सूचना-Sutra News

एमालेले हराएको भनेपछि प्रधानमन्त्री कार्यालयले निकाल्यो सूचना

शुक्रबार, १८ फाल्गुन २०८०

शुक्रबार, १८ फाल्गुन २०८०

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हराएको भनेपछि प्रधानमन्त्री कार्र्यालयले सूचना जारी गरेको छ । एमालेको खोजीपछि शुक्रबार संसद सचिवालयलाई एक पत्र लेख्दै प्रधानमन्त्रीको बारेमा जानकारी गराएको हो ।



प्रधानमन्त्री कार्यालयले काठमाडौं उपत्यका बाहिर भएको हुँदा सदनमा उपस्थित हुन नसकेको जनाएको छ ।

“सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहालले संघीय संसदको प्रतिनिधिसभामा सम्बोधन गर्ने कार्यक्रम रहेकोमा उहाँ काम विशेषले काठमाडौं उपत्यका बाहिर रहनु भएको हुँदा मिति २०८० फागुन २१ गते सम्बोधन गर्ने गरी व्यवस्था गरिदिनहुन सादर अनुरोध गर्दछु”, संसद सचिवालयलाई प्रधानमन्त्री कार्यालयका सचिव गणेशप्रसाद पाण्डेयले लेखेको पत्रमा भनिएको छ ।

यसअघि फागुन १४ गतेको संसद बैठकमा सभामुख देवराज घिमिरेले संसदमा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई शुक्रबारको बैठकमा उपस्थित हुन निर्देशन दिएका थिए । तर, शुक्रबारको बैठकमा उनि उपस्थित नभएपछि प्रमुख प्रतिपक्षी एमालेले प्रधानमन्त्री खोजी गर्न माग गरेको थियो ।

“सरकार हरायो, प्रधानमन्त्री हराउनुभयो, प्रधानमन्त्रीको खोजी गर्नुपर्‍यो”, संसद बैठकलाई एमालेको तर्फबाट बोल्दै सांसद सूर्य थापाले भनेका छन्, “प्रधानमन्त्री खोज्न संसदले एउटा उच्चस्तरीय समिति बनाउनुपर्ने हो कि, संसद् स्थगित गर्नुपर्ने हो कि, कति दिन चाहिने ?”

एमालेसहित विपक्षी दलहरुको मागपछि सभामुख घिमिरेले दिन नै तोकेर २१ गतेका लागि सदनमा उपस्थित हुन पुनः रुलिङ्ग गरेका थिए । सभामुखको छैंठौ पटकको रुलिङ्गपछि प्रधानमन्त्री कार्यालयले संसद सचिवालयलाई पत्र लेख्दै यस्तो जानकारी गराएको हो ।

सम्बन्धित समाचार

संसदमा एमालेले भन्यो– प्रधानमन्त्री हराउनुभयो, खोजी गरियोस्

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट