म्याकुरी र सुम्निमाबिच सम्बन्ध विच्छेद गर्ने सहमति-Sutra News

म्याकुरी र सुम्निमाबिच सम्बन्ध विच्छेद गर्ने सहमति

बिहिबार, १७ फाल्गुन २०८०

बिहिबार, १७ फाल्गुन २०८०

काठमाडाैं । म्याकुरिका नामले परिचित हाँस्यकलाकार पवन खतिवडा र उनकी श्रीमती सुम्निमा खालिङबिच आपसी सहमतिमै डिभोर्स गर्ने समझदारी भएको छ । लामो समयदेखिको आन्तरिक कलहलाई टुंग्याउँदै डिभोर्सका लागि अदालत जाने भद्र सहमति भएको बुझिएको छ । म्याकुरीको पारिवारिक स्रोतले दिएको जानकारीअनुसार आइतबार जिल्ला अदालतमा उनीहरूको केश फाइल हुनेछ ।



म्याकुरीले सुम्निमालाई नै डिभोर्स केश फाइल गर्न आग्रह गरेपनि सुम्निमा आफैंले डिभोर्स मुद्दा फाइल गर्न तयार नभएपछि म्याकुरी आफैं अदालत जान लागेकी हुन् । श्रीमतीले डिभोर्स माग्दा प्रक्रिया सहज हुने हुनाले म्याकुरीले भने सुम्निमालाई नै केश अगाडि बढाउन आग्रह गरेका थिए ।

यता, म्याकुरी र उनकी पत्नी सुम्निमाको विवाद सामाजिक सञ्जालमा छताछुल्ल पार्नुका साथै, म्याकुरीलाई कुटपिट र अंगभंग गरेको कसुरमा पक्राउ परेकी कथित सामाजिक अभियन्ता शर्मिला वाइबालाई अनुसन्धानका लागि चार दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । वाइबासमेतको संलग्नतामा घरायसी विवादमा आफूलाई कुटपिट गरेको भन्दै म्याकुरीले दिएको जाहेरीकै आधारमा शर्मिलालाई बुधबार सिन्धुपाल्चोकबाट पक्राउ गरेर काठमाडौं ल्याइएको थियो ।

घरायसी विवादमा केही युट्युवरको समेत सहयोग लिएर व्यक्तिगत गोपनीयतामा प्रवेश गरेको म्याकुरीको आरोपको शर्मिलाले भने प्रतिवाद गरेकी छिन् । यद्यपि, उनीविरुद्ध अन्य केही व्यक्तिले ठगी गरेको भन्दै मौखिक उजुरी आएकोले जाहेरी परे शर्मिलाविरुद्ध ठगीसम्बन्धि कसुरमा पनि अनुसन्धान हुनसक्ने प्रहरीले जनाएको छ ।

यता, म्याकुरीको पति पत्नीको विवादमा मुछिएकी शर्मिला पक्राउ परेसँगै उनिहरूबिच डिभोर्सको भद्र समझदारी हुनुलाई रोचक संयोग मानिएको छ ।

म्याकुरी र सुम्निमाबिच सम्पत्तिको बाँडफाँटको विषय भने अहिलेसम्म मिलेको छैन । सुम्निमाले आफ्नो ४० लाख म्याकुरीले सिध्याएको दाबी गर्दा म्याकुरीले गाडी आफ्नो पैसाले किनेको बताउँदै आफ्नो आधा सम्पत्ति भने दिन तयार रहेको बताउँदै आएपनि ४० लाख सकेको कुरा भने अस्वीकार गर्दै आएका छन् ।

सुम्निमासँगको विवादमा पत्रकार सम्मेलन नै गरेर ४० लाख रुपैयाँ खर्च गरेको प्रमाण दिन चुनौति दिएका थिए । सम्पत्तिको बाँडफाँट अदालतले नै निरुपण गर्नेगरी उनीहरू मुद्दामा जान सहमत भएको बुझिएको छ ।

म्याकुरी र सुम्निमाबिच २०७८ साल असोज १८ गते विवाह भएको थियो । दुई वर्षको प्रेम सम्बन्धलाई दुबैको सहमति विवाह भएको उनिहरूले बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट