गीतकार लक्ष्मण सिटाैलाको ‘धर्तीको ध्वनि’ प्रकाशित-Sutra News

गीतकार लक्ष्मण सिटाैलाको ‘धर्तीको ध्वनि’ प्रकाशित

बिहिबार, १७ फाल्गुन २०८०

बिहिबार, १७ फाल्गुन २०८०

काठमाडाैं । गीतकार लक्ष्मण सिटाैलाको ‘धर्तीको ध्वनि’ प्रकाशित भएकाे छ । २०४७ सालमा आफ्नो पहिलो गीत नै नेपालकी विख्यात गायिका तारादेवीले गाएपछि गीत सिर्जनामा होमिएका सिटाैलाका योभन्दा अगाडि नै तीन गीति एल्बम र तीन गीति संग्रह प्रकाशित भैसकेका छन् ।



‘विरही धुनहरु’ प्रेम र सिर्जना ‘मधुमाला’ (गीति काव्य)सहित हालै प्रकाशित ‘धर्तीको ध्वनि’ चौथो गीति संग्रह हो । उनका गीतहरू तारा देवी, सपना परियार, स्वरुपराज आचार्य, ल्हाक्पा शेर्पा, अन्जु पन्त, धर्म मानन्धर, रेजिना रिमाल आदिदेखि अहिलेका प्रसिद्ध सङ्गीतकार विष्णु अधिकारीसम्मले स्वरान्कन गरिसकेका छन् ।

सिटाैलाले नेपाली चलचित्र ‘अस्मिता’ र ‘आर्या’मा समेत गीत लेखेका छन् । उनका गीतमा संगीत सम्राट गोपाल योन्जनदेखि अहिलेका चर्चित संगीतकार/गायक विष्णु अधिकारी समेतले संगीत भरेका छन् ।

‘धर्तीको ध्वनि’ गीति संग्रहभित्र २०७० सालदेखि हालसम्म लेखिएका र संगीत भरिएका गीतहरू प्रकाशित छन् । ब्रदर बुक्स पब्लिकेसन्स प्रा लि बागबजारले प्रकाशित गरेको गीति संग्रह धर्तीको ध्वनिमा १८६ वटा गीतहरु छन् ।

समालोचक प्राध्यापक डाक्टर नारायण गडतौलाले भुमिका लेखेकाे गीति सङ्ग्रह ‘धर्तीको ध्वनि’भित्रका गीतहरुले समसामयिक समाजको प्रेम, वीरह, देशभक्ति, राजनीतिक व्यंग्य, युगिन चेतना र अहिलेको डिजिटल सन्सारले सिर्जित गरेको युवाहरुको मनोजगतलाइ राम्रोसँग व्याख्या गरिदिएको छ।

१.”बन्धन सोच्यौ सधैं मलाई तिम्रा लागि बाधा भए
तिमी सबको साझा भयौ म त आफ्नै राजा भए “

२ ” जे बोल्छ मेरो गीतैले बोल्छ मै बोले के हुन्छ ?
छुटेकाहरु भेटिन्नन् कहिल्यै मै रोए के हुन्छ ?

३. “जुनेली रातमा सन्झ्यालबाट रोएको सुनियो
को रोयो होला भनेर सुन्दा आफैपो सुनियो

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट