

केही दिनअघि भोजपुरी फिल्म उद्योगबाट एउटा नराम्रो खबर आयो । मिडिया रिपोर्टमा भोजपुरी फिल्मका चार जना नव-कलाकारहरू सहित ९ जनाको निधन भएको खबर सार्वजनिक भएको थियो ।
बिहारको कैमुरमा आइतबार साँझ एउटा भयानक सडक दुर्घटनामा चार जना नव-कलाकारहरूको निधन भएको र उक्त घटनामा ‘पञ्चायत २’ अभिनेत्री आँचल तिवारीको निधन भएको भारतीय मिडियाले बताएका थिए । तर उक्त खबरको आधिकारिक पुष्टी भएको छैन।
निधन हुने कलाकारहरूमा बक्सर निवासी भोजपुरी गायक छोटु पाण्डे, उनका भतिजा अनु पाण्डे, गीतकार सत्यप्रकाश मिश्र बैरागी, वाराणसी निवासी अभिनेत्री सिमरन श्रीवास्तव र चर्चित अनुहार आँचल तिवारी रहेको बताएको थियो ।
जसमा, ‘पञ्चायत’ अभिनेत्री आँचल तिवारी बिहारको मोहनिया थाना क्षेत्रको देवकाली गाउँ नजिकै फेब्रुअरी २५ मा सडक दुर्घटनामा ज्यान गुमाउने ९ जनामध्ये थिइन्। तर, अहिले अभिनेत्री तिवारीले सबै समाचारलाई झुटो भन्दै आफू जीवित रहेको बताएकी छिन् ।
सामाजिक सञ्जाल इन्स्टाग्राम अभिनेत्री तिवारीले आफू जिउँदै रहेको निधनको समाचारको खण्डन गरेकी छन्। उनले इन्स्टाग्राम स्टोरीमा लेखेकी छन् म जिउँदो छु।
आँचल तिवारीले ‘पञ्चायत सिजन २’ मा प्रधानजीकी छोरीको सबैभन्दा मिल्ने साथीको भूमिका निभाएकी थिइन् । यही सिरियलबाट चर्चामा आएकी उनको अहिले निधनको खबरले सबैको ध्यान खिचेको छ । तर, आँचल आफैं अगाडि आएर निधनको खबरलाई अस्वीकार गर्दै यस्तो केही नभएको बताएकी छिन् । साथै, उनले निधन भएकी आँचल तिवारी भोजपुरी नायिका भएको पनि स्पष्ट पारेकी छन् ।
आँचलले अभिनय गरेको वेब सिरिज ‘पञ्चायत २’ सन् २०२२ मा रिलिज भएको थियो। अब उनी ‘पञ्चायत ३’ मा देखिँदैछिन्।
View this post on Instagram