के छ माओवादी बैठकमा जनार्दनले राखेको ‘नोट अफ डिसेन्ट’मा ?-Sutra News

के छ माओवादी बैठकमा जनार्दनले राखेको ‘नोट अफ डिसेन्ट’मा ?

बुधबार, १६ फाल्गुन २०८०

बुधबार, १६ फाल्गुन २०८०

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)काे स्थायी समिति बैठकमा उपमहासचिव जनार्दन शर्माले पार्टीको कार्यजिम्मेवारी बारे फरक मत राखेका छन् । बुधबार बिहान बसेको स्थायी समितिको बैठकले प्रदशेहरुको इन्चार्ज तथा सहइन्चार्ज तोक्ने निर्णय गरेको थियो, सोही निर्णयमा शर्माले फरक मत राखेका हुन् ।



उनले प्रस्तावित कार्यविभाजन र सेती महाकालीमा देखिएको विवाद समाधानको निर्णयमा असहमति प्रकट गरेका छन् । “कार्यविभाजन सही भएन, पार्टी निर्माणको उद्देश्यअनुरुप भएन, विधान अधिवेशनको ‘ह्याङओभर’ लाई लिएर कार्यविभाजन गरियो”, बैठकपछि उपमहासचिव शर्माले भने, “विधान अधिवेशनमा प्रत्यक्ष निर्वाचित पदाधिकारी हुनुपर्छ भन्ने मत राख्ने आफूलगायत अन्य नेतालाई कार्यजिम्मेवारीविहीन बनाइएको छ ।”

सुदूरपश्चिम प्रदेशमा स्थायी समिति सदस्य हुँदाहुँदै केन्द्रीय सदस्यलाई सहइन्चार्ज बनाइएकोलगायत मुद्दा, त्यहाँको दलभित्रको विवादलाई टुङ्ग्याउने निर्णय सन्तुलित र न्यायपूर्ण नभएको भनी आफूले असहमति राखेको उनले जानकारी दिए । आफूले राखेको असहमतिलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहजरुपमा लिनुभएको उनले बताए । “पार्टी अध्यक्षले असहमतिका विषयलाई पार्टीभित्र राख्न पाइन्छ, स्वागत छ भन्नुभयो”, उनले भने, “मैले असहमतिका विषय सम्पूर्ण नेतृत्वलाई बुझाएको छु ।”

उपमहासचिव शर्माले बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे समीक्षालगायत पार्टीको आन्तरिक जीवनमा कार्यविभाजनका सन्दर्भमा छलफल भएको जानकारी दिए ।

यस्ताे छ नेता शर्माले राखेकाे असहमित पत्र

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट