यसकारण मधुमेहका रोगीले नियमित खानुपर्छ ड्राई फ्रुट-Sutra News

यसकारण मधुमेहका रोगीले नियमित खानुपर्छ ड्राई फ्रुट

बुधबार, १६ फाल्गुन २०८०

बुधबार, १६ फाल्गुन २०८०

मधुमेह एक अवस्था हो, जसमा तपाईंको रगतमा ग्लुकोजकाे मात्रा धेरै हुन्छ। ग्लुकोज तपाईंको शरीरको लागि एक महत्त्वपूर्ण ऊर्जा स्रोत हो, तर यदि यसको स्तर धेरै बढ्यो भने यसले स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ, हृदय रोग, स्ट्रोक, मृगौला रोग, अन्धोपन, स्नायु क्षति, आदि।



मधुमेह एक गम्भीर रोग हो, यो एक पटक लागेमा यो कहिल्यै निको हुन सक्दैन, बरु यसलाई जीवनभर नियन्त्रणमा राख्नुपर्छ।

अहिले मधुमेहको कुनै उपचार छैन तर, औषधि, खानपान र व्यायामले यसलाई नियन्त्रणमा राख्न सकिन्छ ।

ड्राई फ्रुटलाई मधुमेह नियन्त्रणमा शक्तिशाली मानिन्छ । एक अनुसन्धानमा मात्र दैनिक २८ ग्राम ड्राई फ्रुटको नियमित सेवनले मधुमेहको खतरनाक स्तरबाट बच्न सकिन्छ ।

भारतकाे जीएसवीएम मेडिकल कलेजमा भएका मधुमेहका बिरामीहरूमा गरिएको एक अनुसन्धानको नतिजाले ड्राइ फ्रुटकाे महत्वबारे दर्शाएकाे छ । ४० देखि ६० वर्ष उमेरका चार सय जना बिरामीमा गरिएकाे परीक्षणमा ड्राइ फ्रुट मधुमेहका राेगीका लागि निकै महत्वकाे भएकाे देखिएकाे छ ।

बिरामीहरूलाई सुक्खा फलफूलको निश्चित आहार बिहान नियमित रूपमा दिइएकाे थियाे । एक सातापछि नतिजा हेर्दा यसअघि सुगरकाे मात्रा १८० देखि २५० सम्म थियो भने सुक्खा फलफूलको नियमित सेवनपछि सबैकाे सुगरकाे मात्रा १८० भन्दा तल पुग्यो ।

अनुसन्धानमा बदाम, पिस्ता, ओखर र काजूलाई बिहानको नास्तामा नियमित रूपमा दिइएकाे थियाे । यसको मात्रा पनि तय गरिएकाे थियाे । छ वटा नखुलेको बदाम, तीन पिस्ता, दुई ओखर, र काजू दिइयो। यसमा ओमेगा–३ फ्याटी एसिडका अलावा भिटामिन ई, क्याल्सियम, जिंक, आइरन, म्याग्नेसियम, फाइबर, अनस्याचुरेटेड फ्याट पनि प्रशस्त मात्रामा पाइन्छ । एजेन्सीबाट

यद्दपि, यहाँ जे लेखिएकाे भएपनि विज्ञहरूकाे सल्लाहअनुसार निर्णय लिन हाम्राे आग्रह छ। सं.

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट