देशभरको सिमानामा काँडेतार लगाउनु पर्ने माग सहित एक लाखबढी हस्ताक्षर सङ्कलन-Sutra News

देशभरको सिमानामा काँडेतार लगाउनु पर्ने माग सहित एक लाखबढी हस्ताक्षर सङ्कलन

बुधबार, १६ फाल्गुन २०८०

बुधबार, १६ फाल्गुन २०८०

काठमाडौं । फिल्म ‘काँडेतार’को समूहले देशभरको सिमानामा काँडेतार लगाउनु पर्ने माग सहित हस्ताक्षर सङ्कलन गरेको छ ।



फिल्मका निर्देशन तथा कलाकार समेत रहेका नवल खड्काले सञ्चालन गरेको अभियानमा मंगलबार रत्नपार्कमा उक्त हस्ताक्षर प्रदर्शन कार्यक्रम गरिएको थियो ।

आफूले फिल्म ‘काँडेतार’को विशेष शो गर्दा देशभरमा विभिन्न स्थानमा हस्ताक्षर अभियान सञ्चालन गरेको र आज थप सङ्कलन गरिएको बताएका छन् ।

देशभर गरिएको यो अभियानमा एक लाखभन्दा बढी हस्ताक्षर सङ्कलन गरिएको निर्देशक खड्काले बताए । उनले सङ्कलित हस्ताक्षर उपयुक्त समयमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाइने कार्यक्रम रहेको बताए ।

खड्काले भने, ‘तत्कालै बुझाउने हाम्रो तयारी थियो तर, बिचौलियाको अवरोधले प्रधानमन्त्रीसामु हामी पुग्न पाएनौँ । हामी उपयुक्त समयमा हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाउनेछौँ ।’

यस्तै, खड्काले निर्देशन गरेको फिल्म ‘काँडेतार’ आगामी फागुन २५ बाट रिलिज हुने तयारीमा रहेको छ ।

राष्ट्रिय भावनामा आधारित यो फिल्म भारतले नेपालको सीमा मिचेर मुलुकको राष्ट्रिय स्वाधीनतामा हस्तक्षेप गरेको कथावस्तु फिल्ममा पेश गरिएको छ ।

नेपाल–भारत सीमामा काँडेतार लगाएर सिमाना व्यवस्थित गर्नुपर्ने मत पेश गरेको छ ।

फिल्ममा नवल अलावा गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरीका साथै बाल कलाकार नादिया खड्का र सनया खड्काले अभिनय रहेको छ ।

सामना फिल्म्स प्रालिको ब्यानरमा बनेको फिल्मको लेखन शिवम् अधिकारी र नवलले गरेका हुन् ।

मणि थापा र दीपक शर्माको संगीत रहेको ‘काँडेतार’को छायांकन सौरभ लामाले गरेका हुन् । फिल्ममा श्री श्रेष्ठको द्वन्द्व र कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

नवल खड्का, माकिको राई र अञ्जु केसीको निर्माण रहेको फिल्मकी कार्यकारी निर्माता सत्यकला राई नादिया खड्का र सनया खड्का हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट