सडक दुर्घटनामा भोजपुरी फिल्मका चार जना कलाकारको निधन-Sutra News

सडक दुर्घटनामा भोजपुरी फिल्मका चार जना कलाकारको निधन

मंगलबार, १५ फाल्गुन २०८०

मंगलबार, १५ फाल्गुन २०८०

भोजपुरी फिल्म उद्योग शोकमा डुबेको छ ।



बिहारको कैमुरमा आइतबार साँझ एउटा भयानक सडक दुर्घटनामा चार जना नव-कलाकारहरूको निधन भएपछि भोजपुरी फिल्म उद्योग शोकमा डुबेको हो ।

भारतीय मिडियाका अनुसार दुर्घटनामा ९ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा चार भोजपुरी कलाकार पनि परेको जानकारी छ । मृत्यु हुने कलाकारहरूमा बक्सर निवासी भोजपुरी गायक छोटु पाण्डे, उनका भतिजा अनु पाण्डे, गीतकार सत्यप्रकाश मिश्र बैरागी, वाराणसी निवासी अभिनेत्री सिमरन श्रीवास्तव र चर्चित अनुहार आँचल तिवारी रहेका छन् ।

मृत्यु हुने वेब सिरिज ‘पञ्चायत २’की नायिका आँचल तिवारी हुन् ।  सबै कलाकारहरूको मृत्यु घटनास्थलमै भएको थियो ।

प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिमा आएको स्कार्पियो कार पहिले मोटरसाइकलसँग ठोक्किएको थियो । यसपछि दुवै विपरीत दिशामा गए । जहाँ तीब्र गतिको ट्रकले उनीहरुलाई ठक्कर दिँदा मोटरसाइकल चालक सहित कारमा सवार नौ जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनापछि ट्रक चालक फरार छन् ।

भोजपुरी गायक छोटू पाण्डे सम्पूर्ण टिमसँग कार्यक्रममा सहभागी हुन युपी जाँदै थिए । यही क्रममा उनको स्कार्पियो कार दुर्घटनामा परेको थियो । दुर्घटना यति डरलाग्दो थियो कि स्कार्पियोमा सवार सबै ९ जनाको मृत्यु भएको थियो । चारै जनाको एकैसाथ भएको निधनले भोजपुरी फिल्म जगतमा शोकको लहर छ ।

यो घटनामा दुख व्यक्त गर्दै बिहारका मुख्यमन्त्री नितिश कुमारले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट