वर्षाका कारण अड्कियो ‘झिल्को’-Sutra News

वर्षाका कारण अड्कियो ‘झिल्को’

मंगलबार, १५ फाल्गुन २०८०

मंगलबार, १५ फाल्गुन २०८०

काठमाडौं । अभिनेत्री वर्षा शिवाकोटी फिल्म ‘परदेशी २’ पछि केही समयदेखि खाली थिइन् । उनको कुनै पनि फिल्म आएको थिएन । केही समय उनको हात फिल्म नै परेनन् । हातमा कुनै फिल्म नभएको बेला यादव भट्टराईको निर्देशनमा बन्न लागेको फिल्म ‘झिल्को’ वर्षाको हातमा परेको थियो ।



तर, यो फिल्म अभिनेत्री वर्षा सिवाकोटीका कारण सुटिङ सुरु हुन सकेको छैन । गत माघ ४ गते यस फिल्मको शुभमूर्हत गरेर फागुन १० गतेबाट छायांकनमा जाने निर्माण पक्षले जानकारी गराएको थियो । फिल्मकै मुख्य नायिका वर्षाकै कारण यति बेला फिल्मको छायांकन सुरु हुन नसकोको बुझिएको छ ।

सुरुवातमा ‘झिल्को’को वर्षा अनुबन्धित भएसँगै फिल्मको सुटिङ सुरुवात गर्ने कुरा भयो । यस्तैमा ‘झिल्को’ निर्माण टिमले गुह्येश्वरी मन्दिरमा फिल्मको शुभसाइत कार्यक्रम राख्यो । यस बेला वर्षा नै उपस्थित हुन सकिनन् । त्यो कुरालाई निर्माण टिमले विभिन्न कारण देखाउँदै उपस्थित हुन नसकेको बताएको थियो ।

‘झिल्को’ हात पर्नाले केही राहत देखिएकी वर्षाले यसै समयमा अर्को फिल्म ‘मोदीबेनी’ पनि साइन गरिन् । यो फिल्मको पहिलो चरणको सुटिङ सेड्युल सकिएर दोस्रो चरणको छायांकन सुरु भएको छ । सुरुमा वर्षाले फिल्म ‘झिल्को’लाई समय दिएकी थिइन् ।

स्रोतका अनुसार ‘वर्षाले झिल्कोलाई समय उपलब्ध गराइसकेकी थिइन् । अचानक कुनै खबर विनै मोदीबेनीलाई समय दिइन् सोही कारण छायांकनमा निस्कने तयारी हुँदा हुँदै झिल्को छायांकनमा जान सकेन । यतिकैमा पहिले झिल्कोमा काम गर्ने भनेर पछि समय नदिएपछि अड्किएको हो ।’

यता, फागुन १६ गतेबाट फिल्म ‘मोदीबेनी’ छायांकनको दोस्रो तालिका लागि पर्वतको चित्रे तर्फ जाँदैछ । अब फिल्म ‘झिल्को’को छायांकन कहिलेबाट सुरु हुन्छ अझै अन्यौल रहेको छ ।

फिल्म झिल्कोमा वर्षा सिवाकोटीका अलावा नाट्यकर्मी सुनील पोखरेल, भोलाराज सापकोटा, विशाल पोखरेल र आयुषी ढकालको अभिनय हुनेछ । झिल्कोको पटकथा तथा संवादलाई भट्टराईसहित अरुणदेव जोशी र देवव्रतले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट