बलिउडमा छाउँदै बेनिशा हमाल-Sutra News

बलिउडमा छाउँदै बेनिशा हमाल

मंगलबार, १५ फाल्गुन २०८०

मंगलबार, १५ फाल्गुन २०८०

काठमाडौं । पछिल्लो समय नेपाली फिल्मको बजारलाई अन्तराष्ट्रिय बजारतर्फ लानकालागि मेकरहरु निरन्तर रूपमा रहेका छन् । मेकर मात्र होइनन् नेपाली कलाकारपनि जति सक्दो आफूलाई अन्तराष्ट्रिय रूपमा चिनाउन हरसम्भव कोसिस गरिरहेका छन् । यसको लागि उनीहरू नेपाली मात्र नभएर हिन्दी र भोजपुरी फिल्म तिर काम गर्न गएको पनि धेरै उदाहरण छन् ।



जसमा एक्सन नायक बिराज भट्टलाई नै हेर्ने हो भने पनि नेपाली फिल्म मात्र नभएर भोजपुरीमा पनि राज गरिरहेका छन् । त्यस्तै अहिले हिट नायिकाकारूपमा परिचित आँचल शर्मा र स्वस्तिमा खड्का हिन्दी भाषाको गीतमा भए पनि खेल्न पछि परेका छैनन् ।

मनिषा कोइराला, सुनिल थापा, भोलाराज सापकोटा, झरना बज्राचार्य लगायतले त हिन्दी फिल्ममा आफ्नो कला प्रस्तुत गरि सकेका छन् । जसमा मनिषाले त बलिउडमा लामो समय सम्म राज नै गरिन् । अब चाँडै अभिनेता प्रदीप खड्काले फिल्म ‘ऐरी’बाट बलिउडमा डेब्यू गर्दै छन् ।

यो बाटोमा नायिका बेनिशा हमाल पनि लागेकी छिन् । सशक्त अभिनय गर्न सक्ने बेनिशा हिन्दी फिल्ममै राज गर्ने भएकी छिन् । जुन कुराको जानकारी उनले केही समय अघि फेसबुकमा फिल्मको टिमको फोटो हाल्दै स्ट्याटस लेखेर गराएकी थिइन् ।

भुवन ताम्साले निर्देशन गरेको हिन्दी फिल्म ‘दुर्गम’को अडिसनमा छानिएपछि बेनिशा बलिउड तर्फको बाटोमा लागिपरेकी छिन् । उक्त फिल्मको सुटिङकालागि बेनिशा विगत केही दिनदेखि भारतमा छिन् । बेनिशा यस फिल्मकी मुख्य नायिका हुन् ।

बेनिशाका अनुसार, यो फिल्मको छायांकन गत वर्षको नोभेम्बरमा नै सुरु हुनुपर्ने हो । तर, हिउँ परेको दृश्य चाहिने भएकाले गर्दा सुटिङको सेड्यूल केही ढिला सुरु भएको हो । फिल्ममा बेनिशाको जोडीको रूपमा गोदानले ‘धडक, मर्जावा’ लगायतका फिल्ममा काम गरिसकेका गोदान कुमारले काम गरिरहेका छन् ।

यो फिल्मले नेपाल र भारतको बोर्डरमा बस्ने युवती र भारतमा बस्ने युवाको प्रेम कथालाई प्रस्तुत गर्छ । यो फिल्ममा सम्पूर्ण बलिउडकै टिमले काम गरिरहेको बेनिशाको भनाई छ । गोदान र बेनिशा फिल्ममा श्रीमान्–श्रीमतिको भूमिकामा देखिदैछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट