रहेनन् चर्चित गजल गायक पंकज उदास-Sutra News

रहेनन् चर्चित गजल गायक पंकज उदास

सोमबार, १४ फाल्गुन २०८०

सोमबार, १४ फाल्गुन २०८०

चर्चित भारतीय गजल गायक पंकज उदासको निधन भएको छ ।



गायक उदासको ७२ वर्षको उमेरमा निधन भएको हो ।

गायक निधन को खबर उनका छोरा नायबले सामाजिक सञ्जालमार्फत दिएका हुन्। पंकज लामो समयदेखि बिरामी थिए। उनलाई केही महिनाअघि क्यान्सर भएको थियो ।

मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा सोमबार बिहान ११ बजे गायक उदासको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उदासको जन्म १७ मे १९५१ मा गुजरातको जेतपुरमा भएको थियो । उनी आफ्ना तीन भाइमध्ये कान्छा थिए । उनले सन् १९८० मा ‘आहत’ नामबाट पहिलो गजल एल्बम निकालेका थिए। जसलाई दर्शकश्रोताले निकै रूचाएका थिए। गजल ‘चिठी आई है’बाट उनले निकै चर्चा पाएका थिए । त्यसपछि उनले मुकरार, तरन्नुम र मेहफिलजस्ता हिट गीत दिए ।

पंकजले सुरुमा गायनमै करिअर बनाउने सोचेका थिएनन् । त्यसबेला भारत र चीनबीच युद्ध चलिरहेको थियो ।

गायक उदासले  सन् २००६ मा पद्मश्री पुरस्कार प्राप्त गरे । भारतीय फिल्ममा र पप संगीतमा उनको योगदान असाधारण मानिन्छ ।  फिल्म ‘घायल’का लागि उनले सन् १९९० मा लता मंगेशकरसँग ‘माहिया तेरी कसम’ गीत गायनमा सहकार्य गरेका थिए । फिल्म ‘मोहरा’मा उनले साधना सरगमसँग मिलेर गाएको गीत ‘ना कजरेकी धार’ अर्को हिट गीत हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट