डन्डिफोरको समस्यामा प्याज अचुक औषधि, यसरी गर्नुहोस् प्रयोग-Sutra News

डन्डिफोरको समस्यामा प्याज अचुक औषधि, यसरी गर्नुहोस् प्रयोग

सोमबार, १४ फाल्गुन २०८०

सोमबार, १४ फाल्गुन २०८०

डन्डीफोरको समस्याबाट धेरै युवायुवती पीडित छन् । विभिन्न खालका औषधि उपचार गरेपनि समस्या समाधान नहुँदा उनीहरु निराश छन् ।



यस्तोमा यहाँ केही घरेलु उपायको बारेमा चर्चा गरिएको छ, जसको प्रयोग गरी समस्या समाधान गर्न सकिन्छ ।

विशेषगरी प्याज धेरै तरिकाले प्रयोग गर्न सकिने वस्तु हो । जसको प्रयोगले छालालाई सफा र सुन्दर बनाउँछ।

प्याजको उचित प्रयोगले तपाइँलाई डन्डिफोरबाट पनि मुक्ति दिलाउँछ । प्याजमा सल्फर कम्पाउन्ड नामक तत्व पाइन्छ, जसले डन्डिफोरलाई हटाउन मद्दत गर्छ ।

यसले छालालाई सफा र मुलायम राख्छ। साथै, काँचो प्याजमा क्वेर्सेटिन नामक एन्टिअक्सिडेन्ट पाइन्छ, जसले छालालाई नरम र चम्किलो बनाउँछ। यसले डन्डिफोर, दाग र घाउहरु कम गर्न मद्दत गर्दछ।

कसरी प्रयोग गर्ने ?

प्याजको जुस : प्याज पिसेर यसको रस निकाल्ने सबैभन्दा सरल उपाय हो । यस रसलाई सिधै डन्डिफोरमा लगाउनाले, यसको एन्टी–इन्फ्लेमेटरी र एन्टि–ब्याक्टेरियल गुणहरूले मुँहासेको सुन्निने र रातोपन कम गर्न सक्छ।

प्याज र महको पेस्ट : महसँग प्याजको मिश्रणबाट पेष्ट बनाउन सकिन्छ । महको मोइस्चराइजिंग र एन्टिसेप्टिक गुणको साथ, यो पेष्टले अनुहारको दाग कम गर्नका साथै छालालाई नरम र कोमल बनाउँछ।

प्याजको पेस्ट : प्याजलाई पिसेर पेस्ट बनाएर सिधै डन्डिफोरमा लगाउनुहोस्। केहि मिनेटको लागि छोड्नुहोस् र त्यसपछि यसलाई धुनुहोस् । एजेन्सीबाट

यद्दपि, यहाँ जे लेखिएको भएपनि विज्ञहरूको सल्लाहअनुसार निर्णय लिन हाम्रो आग्रह छ। सं.

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट