अमेरिकाको विरोध गर्दै अमेरिकी सैनिकले गरे आत्मदाह-Sutra News

अमेरिकाको विरोध गर्दै अमेरिकी सैनिकले गरे आत्मदाह

सोमबार, १४ फाल्गुन २०८०

सोमबार, १४ फाल्गुन २०८०

काठमाडौं । अमेरिकी राजधानी वासिङ्टनस्थित इजरायली दूतावास बाहिर एक अमेरिकी वायुसेनाका सैनिकले आत्महत्याको प्रयास गरेका छन् ।



उनी भन्दै थिए, ‘म गाजामा भइरहेको नरसंहारमा भाग लिने छैन, प्यालेस्टाइनलाई मुक्त गर्न आवश्यक छ, स्वतन्त्र प्यालेस्टाइन, अब म आक्रमणको विरोध गर्न खतरनाक कदम चाल्दै छु ।’ उनले यति भनेपछि अमेरिकी सैनिकले आफूलाई आगो लगाए ।

दूतावास बाहिर उपस्थित सुरक्षाकर्मीले तत्काल पहल गरी आगो निभाउने प्रयास गरेका थिए । अहिले सैनिकको अवस्था चिन्ताजनक छ ।

सिपाहीमाथि बन्दुक पनि प्रहार गरिएको थियो

अमेरिकी सञ्चार माध्यमका अनुसार सुरक्षा अधिकारीहरूले सिपाहीमाथि बन्दुक तानेका थिए । रिपोर्टमा भनिएको छ कि- जब सैनिक दूतावास बाहिर उभिरहेका थिए, सुरक्षा अधिकारीहरूले उनीसँग कुरा गर्ने प्रयास गरे । उसले सिपाहीलाई सोध्यो- सर, हामी तपाईलाई कुनै प्रकारले मद्दत गर्न सक्छौँ ? यो सुनेर सिपाहीले आफैंलाई आगो लगाए ।

अमेरिकी मिडियाका अनुसार आत्महत्याको प्रयास गर्ने सैनिकलाई अस्पतालमा भर्ना गरिएको छ । उनको अवस्था गम्भीर छ । आफूलाई आगो लगाउनुअघि उनले ‘ट्विच’ नामक सोसल मिडिया प्लेटफर्ममा लाइभ स्ट्रिमिङ गरेका थिए । तर, घटनालगत्तै उक्त भिडिओ प्लेटफर्मबाट हटाइयो ।

अमेरिकाको चाहना गाजामा युद्ध लम्बियोस्

सन् २०२३ अक्टोबर ७ मा सुरु भएको इजरायल–हमास युद्धका सम्बन्धमा २० फेब्रुअरीमा संयुक्त राष्ट्र सुरक्षा परिषद् (युएनएससी)मा बैठक बसेको थियो । यसमा अमेरिकाले गाजामा तत्काल युद्धविरामको प्रस्तावलाई अस्वीकार गरेको थियो ।

समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकाले संयुक्त राष्ट्रसंघमा तेस्रोपटक भिटो पावर प्रयोग गरेर युद्धविराम प्रस्ताव अस्वीकार गरेको थियो । यसअघि डिसेम्बरमा प्रस्तुत गरिएको युद्धविराम प्रस्तावलाई अमेरिकाले पनि अस्वीकार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट