यी हुन् कांग्रेस नेतामाथि गोली हान्ने आरोपीहरू-Sutra News

यी हुन् कांग्रेस नेतामाथि गोली हान्ने आरोपीहरू

आइतबार, १३ फाल्गुन २०८०

आइतबार, १३ फाल्गुन २०८०

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १ गैरी चोकमा नेपाली कांग्रेसको भातृ संगठन तरुण दलका सदस्य विनोद गिरीमाथि गोली प्रहार गर्ने सार्वजनिक भएका छन् ।



गिरीलाई लक्षित गरेर गोली हान्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले आइतबार सार्वजनिक गरेको हो । पकाउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका २ का १८ वर्षीय ईन्द्र बिक, १८ वर्षीय भरतपुरली भुल, वीरेन्द्रनगर नगरपालिका ४ का ३७ वर्षीय राजन गिरी र भारत उत्तर प्रदेश बिजनौर जिल्ला दादानगरगञ्ज जोसिपनका मोहल्लाका १९ वर्षीय रोहित राजपुत छन् ।

घटनामा संलग्न थप दुई जना फरार रहेको प्रहरीले जनाएको छ । उनीहरुको खोजी भइरहेको सुर्खेत प्रहरीले जनाएको छ । फरार दुई व्यक्तिले भे ५ प ६०६१ नम्बरको मोटरसाइकल उपलब्ध गराई पूर्वयोजनाअनुसार नेपालगञ्जदेखि सुर्खेत आएर गणेश होटलमा बसेका थिए ।

गएराति गिरीको गाडीलाई प्रतिवादीहरुको मोटरसाइकलले पिछा गरी वीरेन्द्रनगर नगरपालिका १ स्थित गैरीचोकमा एक राउण्ड गोली प्रहार गरेको थियो । घटनामा गाडी र मोटरसाइकल ठक्कर खाइ दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

गोली प्रहार गर्ने भारतीय नागरिक राजपूत, मोटरसाइकल चालक विक, भुल र होटलमा बस्ने व्यवस्थापन गर्ने गिरीलाई नियन्त्रण लिएर सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट