तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव रामेछापमा हुने-Sutra News

तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव रामेछापमा हुने

आइतबार, १३ फाल्गुन २०८०

आइतबार, १३ फाल्गुन २०८०

काठमाडौं । तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव रामेछाप नगरपालिकामा आयोजना हुने भएको छ ।



सेलिब्रेटी नेपालले आयोजना गर्दै आएको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को तेस्रो सिजनको महोत्सव आगामी वैशाख महिना रामेछाप नगरपालिकामा आयोजना हुने भएको हो ।

महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी लघु फिल्म, डकुमेन्ट्री, फिचर फिल्म र भाषा भाषीका फिल्म सहभागी हुनेछन् । महोत्सवमा सहभागिता जनाउन चाहनेहरूको लागी दर्ता पनि खुल्ला गरिएको महोत्सव अध्यक्ष रघुनाथ सापकोटाले बताए ।

महोत्सवमा जुरी टिमले छनोट गरेका फिल्म अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गर्ने र उत्कृष्ट फिल्मलाई अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

पर्यटन प्रबन्धनसँगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पुर्‍याउने उद्देश्यका साथ आयोजना हुने यो महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा बनेका फिल्महरूको सहभागिता रहनेछ ।

दर्शकलाई नेपाली मौलिक फिल्मप्रति आकर्षित गराउनु र नियमित फिल्म हेर्ने बानी बसाल्नु, ग्रामीण कथामा बनेका फिल्मलाई विश्वमाझ पुर्‍याउनु र स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको छ ।

महोत्सव पहिलो वर्ष गोरखा जिल्लाको लाप्राकमा र दोस्रो पटक काभ्रे जिल्लाको भकुन्डेबेसीमा सम्पन्न भएको थियो। तेस्रो संस्करणको जागरूक युवा क्लब रामेछापले स्थानीय व्यवस्थापन गर्नेछ भने कार्यक्रम संयोजक फिल्म निर्देशक कमल एक्चै मगर रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट