नेपालसँग नेदरल्याण्ड्सको बदला- आठ विकेटले पराजित हुँदा तेस्रो स्थानमा झर्‍यो-Sutra News

नेपालसँग नेदरल्याण्ड्सको बदला- आठ विकेटले पराजित हुँदा तेस्रो स्थानमा झर्‍यो

आइतबार, १३ फाल्गुन २०८०

आइतबार, १३ फाल्गुन २०८०
फाइल तस्बिर

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आजको खेलमा नेदरल्याण्ड्स विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल दिएको १७२ रनको लक्ष्य नेदरल्याण्ड्स दुई विकेट गुमाएर भेट्टाएको हो ।



टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाउदै १७२ रनको योगफल बनाउन सक्यो । ८ विकेटले नेदरल्याण्ड्स विजयी हुँदा नेट रननेटका आधार नेपाल तस्रो स्थानमा पुगेको छ ।

आफ्नै घरमा भएको लिग २ मा नेपालको यो तेस्रो हार हो । यसअघि नेपाल नामिबियासँगको दुवै खेलमा पराजित भएको थियो । यसअघि नेपालसँग नेदरल्याण्ड्स नौ विकेटले पराजित भएको थियो ।

नेपालले दिएको १७३ रनको लक्ष्य नेदरल्याण्ड्सले ३७.५ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो । यसका लागि विक्रमजित सिंहले ९२ बल खेल्दै ७ चौका मदतमा अविजित रहँदै सर्वाधिक ५६ रन बनाए ।

यस्तै साएब्रान्ड एंगलब्रेक्टले ७५ बल खेल्दै ३ चौका मदतमा अविजित ४६ रन बनाए । यो जोडीले तेस्रो विकेटका लागि १०२ रनको साझेदारी गरे ।

नेपालका लागि कुशल भुर्तेलले ९३ बल खेल्दै आठ चौकाको मद्दतमा ६६ रन बनाए । त्यस्तै, करण केसीले २६ रन बनाउदा आरिफ शेखले २२ रन जोडे । आसिफ शेखले १७, कप्तान रोहितकुमार पौडेलले १६, अनिल शाहले सात र गुल्शन झा पाँच रन बनाए ।

नेदरल्याण्डसका आर्यन दत्त र भिभियन किङ्ग्माले समान तीन–तीन विकेट लिए । बास डि लिडेले दुई विकेट लिँदा रोलेफ भान डर मर्वेले एक विकेट लिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट