मण्डली मन्दिरलाई लक्षित गर्दै पहिलोपटक महोत्सव हुँदै-Sutra News

मण्डली मन्दिरलाई लक्षित गर्दै पहिलोपटक महोत्सव हुँदै

आइतबार, १३ फाल्गुन २०८०

आइतबार, १३ फाल्गुन २०८०

धादिङ । जिल्लाको चर्चित मण्डली माई मन्दिरको प्रचार प्रसार गर्नका लागि पहिलो ढोला बसाह मण्डली महोत्सव हुने भएको छ । आगामी २८ र २९ गते महोत्सव हुने ज्वालामुखी गाउँपालिका ४ का वडाध्यक्ष कृष्ण बहादुर गुरुङले बताए ।



महोत्सवको मूल उद्देश्य मण्डली मन्दिरको प्रचारसँगै कृषि तथा पर्यटनको विकास गर्नु रहेको छ । राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिले महोत्सवलाई थप आकर्षण बनाउने आयोजक समितिले जनाएको छ ।

मंगलबार मात्रै पुजा गरिने यो मन्दिरको प्रमुख विशेषताका रुपमा पुरुषले मात्रै पुजा गर्ने प्रचलन रही आएको छ । मन्दीरमा पाठीको बली चढाइने गरिन्छ । तर, पछिल्लो समय काँचो नरिवलसमेत चढाउन प्रचलन रहेको छ ।

परापूर्व कालदेखि पुजा हुँदै आएको मन्दिरमा १२ वर्षभन्दा मुनिका मगर जातिको बालक मूल पुजारी हुने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट