क्यानले गर्‍यो भूकम्प पीडितलाई २० लाख रुपैयाँ प्रदान-Sutra News

क्यानले गर्‍यो भूकम्प पीडितलाई २० लाख रुपैयाँ प्रदान

शनिबार, १२ फाल्गुन २०८०

शनिबार, १२ फाल्गुन २०८०

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले जाजरकोटका भूकम्प पीडितलाई २० लाख रुपैयाँ सहयोग गरेको छ । क्यानले आईसीसी टी २० विश्वकप २०२४ को एसिया छनोटअन्तर्गत नेपाल र ओमानबीच भएको फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त ५० प्रतिशत रकम दिएको हो ।



प्रतियोगिताको समयमा गरेको बचनअनुसार रकम प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गरेको क्यानले जनाएको छ ।

गत कात्तिक १७ गते जाजरकोटको रामिडाँडालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो । भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो मानवीय क्षति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट