पानासोनिक कम्पनीको नयाँ मोडलका सामान नेपाली बजारमा बिक्र सुरु-Sutra News

पानासोनिक कम्पनीको नयाँ मोडलका सामान नेपाली बजारमा बिक्र सुरु

शनिबार, १२ फाल्गुन २०८०

शनिबार, १२ फाल्गुन २०८०

काठमाडौं । जापानी कम्पनी पानासोनिकले नयाँ मोडलको वाशिङ मेसिन र एयर कन्डिसनरको सामान नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ ।



बिक्री वितरण शुरुवात कार्यक्रम समारोहमा पानासोनिक नेपालका प्रबन्ध निर्देशक शैलेश संघाई, विशेष अतिथिमा पानासोनिक लाइफ सोलुसन इण्डियाका भूपेन्द्र भारद्वाजले संयुक्त रुपमा उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा संघाईले घरायसी सामाग्रीको उत्पादनमा सय वर्ष लामो अनुभव रहेको पानासोनिक ब्राण्डले उत्पादन गरेका सामाग्री विश्वसनीय भएको टिप्पणी गरे ।

कार्यक्रममा पानासोनिक लाइफ सोलुसन इण्डियाका भारद्वाजले भविष्यलाई लक्षित गरी आफ्ना उत्पादनलाई बजारमा ल्याउने भएकाले नयाँ पुस्ताले पानासोनिकका उत्पादनलाइ रुचाउनेप्रति दुई मत नभएको बताए ।

पानासोनिकको बिक्रीमा आठ र नौ केजी क्षमता रहेको उक्त वासिङ मेसिनामा डिजानिङ्ग कपडाहरु पनि सरल रुपमा धुन सक्ने एक्टिभ फोम सिस्टम तथा छिटो लुगा धुने र सोही क्रममा अरु थप लुगाहरु मेसिनमा हाल्न सकिने जस्ता विशेषताहरु रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट