‘खजुरे ब्रो’को फस्टलुक पोस्टरसँगै प्रदर्शन मिति घोषणा-Sutra News

‘खजुरे ब्रो’को फस्टलुक पोस्टरसँगै प्रदर्शन मिति घोषणा

शनिबार, १२ फाल्गुन २०८०

शनिबार, १२ फाल्गुन २०८०

काठमाडौं । फिल्म ‘खजुरे ब्रो’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ ।



निर्माण पक्षले शनिबार फस्टलुक पोस्टर सार्वजनिकसँगै प्रदर्शन मिति घोषणा गरेको हो ।

आगामी वैशाख २८ गते प्रदर्शन हुने यो फिल्मको मुख्य भूमिकामा रेअर राई, महेश त्रिपाठी, नीति शाह रहेका छन् ।

‘खजुरे ब्रो’ पारिवारिक व्यङ्ग्यात्मक ‘लाइट कमेडी’ जनरामा आधारित रहेको छ । यो फिल्ममा सुरज सुनुवारको लेखन तथा निर्देशन रहेको छ ।
कमेडी जनराको फिल्ममा रेअर, महेश र नीतिका अलावा नविन मानन्धर, प्रकाश भुजेल, विनीता थापा मगर, सुषमा निरौला, पुष्कर कार्की, मनिष राउत, प्रेम सुब्बा र सुजाता राईको अभिनय रहेको छ ।

‘खजुरे ब्रो’ नीति शाहको डेब्यु फिल्म हो । यस्तै, फिल्ममा दार्जलिङ्गका कलाकार शान्तिला तामाङ रहेको छ । साथै, यस फिल्ममा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले समेत विशेष भूमिकामा अभिनय गरेका छन् ।

दिव्य दृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको फिल्म ‘खजुरे ब्रो’ को निर्माण नवीन मानन्धर र सुरज सुनुवारले गरेका हुन् ।

शिशिर बिसंखेले छायांकन गरेको फिल्ममा अनमोल गुरुङको संगीत रहेको छ । फिल्मको सह-निर्माता अनिल मानन्धर र पिकेश मानन्धर रहेका छन् । दिव्य दृश्य इन्टरटेन्टमेन्टले निर्माण गर्न लागेको फिल्ममा इन एसोसिएसन विथ मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रालिको रहेको छ ।

यस फिल्मको अधिकांश छायांकन धरानमै गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट