

काठमाडौं । अभिनेत्री रेखा थापा आमा बनेकी छन् । उनले अमेरिकमा छोरीलाई जन्म दिएकी हुन् । उनी गत महिना मात्रै अमेरिका पुगेकी थिइन् ।
अभिनेत्री थापाले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । छोरीलाई जन्म दिएपछि उनले भनेकी छन्, ‘हेर आकाशमा कालो बादल वरिपरी चाँदीको घेरा छ, हेर धर्तीमा तिमी जन्मको महान कारण छ, वैभबी राज्यलक्ष्मी शाही ठकुरी ।’
अभिनेत्री थापा मंसिर अन्तिम साता अमेरिका पुगेकी थिइन् । उनी अमेरिकामा बच्चा जन्माउने योजनासहित पारिवारिक भेटघाटका लागि त्यसतर्फ लागेकी हुन् ।
अभिनेत्री थापाले पति बलराम शाहीको जन्मदिन सेलिव्रेसनसमेत अमेरिकामा गरिएकी थियन् । उनका श्रीमानको परिवार अमेरिकामै बसोबास गर्दै आएका छन् । उनी अमेरिकामा पाँच महिना बस्ने छिन् ।
अमेरिकाले आफ्नो देशमा जन्मने बच्चाहरूलाई स्वतः नागरिकता दिने भएकाले अभिनेत्री थापा त्यसतर्फ गएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संसदमा नै चर्चा गरेका थिए ।