के हो मृगौलाको ट्युमर ? कसरी जाेगिने ?-Sutra News

के हो मृगौलाको ट्युमर ? कसरी जाेगिने ?

शुक्रबार, ११ फाल्गुन २०८०

शुक्रबार, ११ फाल्गुन २०८०

अचेल खानपान र अस्वस्थ जीवनशैलीका कारण मृगाैलाको रोग बढ्दै गएको छ । मृगौलामा संक्रमण, मृगौलामा पत्थरी हुने जस्ता समस्याहरु सामान्य बन्दै गएका छन् ।



तर, योभन्दा पनि खतरनाक मृगौलाको ट्युमर हो । जुन पछिल्लाे समयमा धेरै देखिने गरेकाे छ । मृगाैलामै ट्युमर देखिने निकै नै खतरनाक हाे ।

नेफ्रेक्टोमी सर्जरी

भारतकाे गुरुग्रामको सीके बिरला अस्पतालका डाक्टरहरूले नेफ्रेक्टोमी शल्यक्रिया गरेर बिरामीको मिर्गौलाबाट ट्युमर निकाले। ट्युमरका कारण उनको मिर्गौलाले राम्रोसँग काम गर्न सकेन । चिकित्सकहरुका अनुसार ट्युमरको आकार र स्थानका कारण यसलाई हटाउन निकै गाह्रो भएको थियो ।

यही कारणले गर्दा बिरामीको बायाँ आंशिक नेफ्रेक्टोमी शल्यक्रिया गरिएको थियो। यो एउटा यस्तो प्रविधि हो जसको माध्यमबाट ट्युमर मात्र हटाइन्छ। जसका कारण मृगौलाको बाँकी भाग सुरक्षित रहन्छ ।

बिरामी निको भएपछि चिकित्सकले उनको शल्यक्रियापछि स्टेन्टिङ गरेका थिए ।

अहिले बिरामीको अवस्था कस्तो छ ?

यो शल्यक्रिया पछि, बिरामीले सुरुमा उच्च रक्तचाप र पेट दुख्ने जस्ता समस्याहरू अनुभव गरे। तर, अहिले उनी ठीकसँग निको भइरहेका छन् । उनको मिर्गौलाले पनि राम्रोसँग काम गरिरहेको छ ।

चिकित्सकका अनुसार मिर्गौला रोगको मुख्य कारण गलत खानपान हो । धेरै प्रोटिन र रातो मासु खाँदा मृगौला रोगको जोखिम बढ्छ। त्यसैले खानपानको बानी राम्रोसँग राख्नुपर्छ ।

मृगौला ट्यूमरको लक्षण

पिसाब गर्न कठिनाई

तल्लो पेट दुखाइ

पिसाबमा जलन हुने जस्ता समस्या

कुनै समस्या भएमा डाक्टरसँग परामर्श लिनुहोस् र लापरवाही नगर्नुहोस्। एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट