‘कार्टुञ्ज क्रु’को सिरिज ‘स्वस्थानी भर्सेस ग्याङ’ वैशाख १ देखि आउने-Sutra News

‘कार्टुञ्ज क्रु’को सिरिज ‘स्वस्थानी भर्सेस ग्याङ’ वैशाख १ देखि आउने

बिहिबार, १० फाल्गुन २०८०

बिहिबार, १० फाल्गुन २०८०

काठमाडौं । चर्चित डान्सिङ समूह ‘द कार्टुञ्ज क्रु’ले ल्याउन लागेको वेब सिरिज ‘स्वस्थानी भर्सेस ग्याङ’ आगामी वैशाख १ गतेदेखि प्रदर्शन हुने भएको छ । यसका लागि‘कार्टुञ्ज क्रु’ पोस्टर सार्वजनिक गरेको छ ।



सार्वजनिक पाँच पोस्टरले सिरिजको कथावस्तु, चरित्र चित्रण र मुड दर्शाउँछ । यसअघि रुचाइएका ‘हाम्रो हाइस्कुल’, ‘ट्वेन्टीफस्ट लभ’ र ‘यू एण्ड आई’पछि प्रोफाइल पिक्चर्सले ‘कार्टुञ्ज क्रु’सँगको सहकार्यमा यो सिरिज ल्याउन लागेको हो ।

यो सिरिजको कथा, पटकथा र निर्देशन सरिन पोखरेलको छ । सरोज अधिकारी र सागर खनाल निर्माता हुन् । कार्यकारी निर्मातामा विजय अधिकारी छन् ।

सिरिजमा आश्मा विश्वकर्मा, सरोज अधिकारी, जिवेश गुरुङ, लक्ष्मी गिरी, विजय अधिकारी, अस्मिता खनाल, अभिप्सा खनाल, संयोग गुरागाईं, रोशनी कार्की, सोनिया लामा, निकोलस अर्याल लगायत कलाकार छन् । गायक प्रताप दासको केमियो भूमिका हुनेछ । संकल भुजेलको छायांकन र सागर खनालको सम्पादन रहने छ । एड्भेन्चर, कमेडी, रोमान्टिक ड्रामा जनरामा राखिएको यो सिरिज कार्टुन्ज क्रुको युट्युब च्यानलमा स्ट्रिमिङ हुनेछ ।

सिरिजको शीर्ष भूमिका स्वस्थानीमा आश्माले अभिनय गरेकी छन् । एउटा मोबाइल वरपर केन्द्रित कथावस्तुमा सिरिज बनेको छ । सिरिजमा कूल १० एपिसोड हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट