अभिनेत्री रकुल प्रीतले गरिन् निर्माता ज्याकीसँग विवाह-Sutra News

अभिनेत्री रकुल प्रीतले गरिन् निर्माता ज्याकीसँग विवाह

बिहिबार, १० फाल्गुन २०८०

बिहिबार, १० फाल्गुन २०८०

बलिउड अभिनेत्री रकुल प्रीत सिंहले लगनगाँठो कसेकी छन् । बुधबार भारतको दक्षिण गोवास्थित आईटीसी ग्रान्ड होटलमा अभिनेत्री रकुलले निर्माता ज्याकी भगनानीले विवाह गरेकी हुन् ।



रकुल र ज्याकी करिब दुई वर्षदेखि प्रेम सम्बन्धमा थिए। रकुलले २०२२ मा आफ्नो जन्मदिनमा रोमान्टिक फोटो पोस्ट गरेर ज्याकीसँगको आफ्नो सम्बन्ध पुष्टि गरेकी थिइन् । उनले ज्याकीलाई त्यो वर्षको ‘सबैभन्दा ठुलो उपहार’ भनेकी थिइन् ।

रकुल र ज्याकीको विवाहमा बलिउडका धेरै सेलिब्रेटी पनि उपस्थित थिए । विवाह समारोहमा अभिनेत्री शिल्पा शेट्टीले पति राज कुन्द्रासँग प्रस्तुति दिएकी थिइन् । शाहिद कपुर, भूमि पेडनेकर, अनन्या पाण्डे र आयुष्मान खुराना पनि श्रीमती ताहिरा कश्यपसँग देखिएका थिए ।

यस्तै, विवाहमा अभिनेत्री अनन्या पाण्डे, अर्पिता मेहता, जान्हवी धवन र अन्तारा मोतीवाला मारवाह पनि सहभागि थिए ।

विवाहपछि सामाजिक सञ्जालमा तस्वीर सेयर गर्दै रकुल प्रीतले लेखेकी छिन्, ‘अब तिमी सधैंका लागि मेरो हौ।’ यससँगै उनले विवाहको मिति (२१–०१–२०२४) पनि समावेश गरेकी छन् ।

रकुलको जन्म अक्टोबर १०, १९९० मा नयाँ दिल्लीको एक पञ्जाबी सिख परिवारमा भएको थियो। उनी सानैदेखि अभिनेत्री बन्न चाहन्थिन्। १८ वर्षको उमेरमा मोडलिङ सुरु गरेकी उनले सन् २००९ मा कन्नड फिल्म ‘गिली’बाट अभियानमा डेब्यु गरेकी थिइन्। रकुलले सन् २०१४ मा ‘यारियाँ’ बाट बलिउडमा डेब्यू गरेकी हुन् । उनले विभिन्न भाषाका ४१ फिल्ममा काम गरिसकेकी छिन् ।

ज्याकीले ‘कठपुतली, गणपत, मिसन रानीगन्ज’ लगायत फिल्म निर्माण गरेका छन्। उनले अक्षय कुमार र टाइगर श्राफको मुख्य भूमिका रहने फिल्म ‘बडे मिया छोटे मिया’ निर्माण गर्दैछन्। ज्याकीले रहना हे तेरे दिल मे, कल किसने देखा जस्ता फिल्ममा पनि अभिनेताको रूपमा काम गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट