उपाधि जित्न क्यानडालाई १८२ रनको लक्ष्य-Sutra News

उपाधि जित्न क्यानडालाई १८२ रनको लक्ष्य

बिहिबार, १० फाल्गुन २०८०

बिहिबार, १० फाल्गुन २०८०

काठमाडौं । एक दिवसीय शृङ्खलाको तेस्रो खेल बिहीबार उपाधिका लागि नेपाल ‘ए’ले क्यानडा ११ लाई १८२ रनको लक्ष्य दिएको छ । मूलपानी क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको नेपालले ४७ ‌ओभर खेल्दा अलआउट भएको हो ।



यसअघि दुवै टोली एक–एक खेलमा विजयी भएको थियो । दोस्रो खेलमा नेपाल दुई विकेटले विजयी हुँदा पहिलो खेलमा चार विकेटले पराजित भएको थियो ।

नेपालका लागि ओपनर ब्याट्सम्यान आशुतोष घिरैया र अर्जुन कुमालले ५४ रनको साझेदारी गरे । आशुतोषले २८ रन बनाउँदा अर्जुनले २७ रन बनाए ।

कप्तान सन्दीप जोरा २४ रन बनाउँदै पेभेलियन फर्किंए । चौथोँ नम्बरमा क्रिज समाल्न आएका उनले २८ बलको सामना गरी एक छक्का र तीन चौका प्रहार गरे । तेस्रो नम्बरका ब्याट्सम्यान शेर मल्ल खाता खोल्न सकेनन् ।

रासिद खानले टोलीको खातामा १९ रन थपे । उनले २५ बलमा एक चौका प्रहार गरे । सुजन थपलियाले ५१ बलमा एक चौकको मद्दतले २० रन बटुले । बसिर अहमदले पनि २५ रन बनाए । बसिरले ४० बलमा तीन चौका पनि प्रहार गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट