म्याकुरीले श्रीमतीलाई अलपत्र पारेकै हुन् त ? के हो वास्तविकता ?-Sutra News

म्याकुरीले श्रीमतीलाई अलपत्र पारेकै हुन् त ? के हो वास्तविकता ?

बुधबार, ९ फाल्गुन २०८०

बुधबार, ९ फाल्गुन २०८०

काठमाडौं । यतिवेला सामाजिक सञ्जालमा म्याकुरीका नामले चिनिँदै आएका हास्य कलाकार पवन खतिवडा र उनकी श्रीमतीको लफडाले भरिएको छ । उसो त एक पब्लिक फिगर भइसकेपछि प्रेमको चर्चा चल्नु र सम्बन्ध विच्छेद सम्मका कुरा मिडियाका हेडलाइन बन्नु सामान्य कुरा भइसकेको छ । तर, म्याकुरीकालागि भने यो कुरा सामान्य रहेन ।



किनकि, खुद उनकी श्रीमतीले आफूलाई अलपत्र पारेको आरोप लगाएकी छिन् । सुम्निमा खालिङले आफूलाई पवनले श्रीमतीको रूपमा घरमा पनि नराखेको र डिभोर्स पनि नदिएको आरोप लगाएकी छन् । आफू हुँदाहुँदै पवनले अन्य केटीलाई गर्भवती बनाएको समेत उनको भनाई छ ।

सबैलाई हँसाउँदै आएका पवनलाई यस्तो आरोप लागेपछि उनका फ्यानहरू छक्क परिरहेका छन् । यस्तोमा उनकी श्रीमतीले अझ ‘मेरो बारेमा त्यस्तो केही छ भने बाहिर ल्याउनुपर्‍यो ।  म हुँदाहुँदै पवनले एक केटीलाई गर्भवती बनाएको भिडियो बाहिर आएको छ । त्यो के हो ? अब अदालत जानु अगाडि मलाई यसको विषयमा क्लियर चाहियो ।’ सुम्निमाले भनेकी छिन् ।

साथै, उनले आफूलाई यसो गर भनेर पनि बाटो नदेखाएको र अलपत्र पारेको आरोप लगाएकी छिन् ।

यस्तोमा उनीहरू बिच डिभोर्स नै हुने कुरा पनि बाहिरियो र यो कुरा पुलिसकोमा पनि नपुगेको हैन । पुलिसले अदालत जानु भन्दा पवनले सुटिङ छ भन्दै टालेको कुरा पनि श्रीमतीले बाहिर ल्याएकी छिन्। त्यति मात्र हैन ‘लाज लाग्दैन कलाकार भएर र भताभुङ्ग पारेर चौकी चौकी धाइरहेका छौ । त्यो भन्दा ठुलो सुटिङ । पहिले बुढीको विषय टुङ्गो लगाऊ भन्दै प्रहरीले झपारेको पनि उनकी श्रीमतीले खुलाइन् ।

यसरी आफ्नै श्रीमतीले यति सम्म आरोप लगाइ रहँदा साँच्चै नै पवनले श्रीमतीलाई मानसिक पिँडा दिइरहेकै छन् भन्दै धेरैले उनलाई नानाथरि समेत भन्न भ्याए । यस्तोमा पवनले भने सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै यो सब कुरा गलत भएको बताएका छन् ।

यस्तो छ उनको फेसबुक स्ट्याटस, ‘सत्य अर्कै छ सत्य तथ्य नबुझी कमेन्ट नगर्नुस् है… वास्तविकता भोलि आउँछ ल…। यो अदालती कुरा हो हाम्रो सहमति त्यही भएको हो…। पर्सनल कुरालाई मिडिया बाजि गर्ने सोचमा म थिएन तर, अब उताबाट यस्तो आएपछि बोल्नै पर्ने भयो…। म बोल्छु उ सत्य हो कि गलत सब गलत साबित हुनेछ…। भनेर उनले भनेका छन् । अव वास्तविक कुरा के हो यो त समयले नै बताउने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट