नितेशले चिनाए आफ्नी प्रेमिका-Sutra News

नितेशले चिनाए आफ्नी प्रेमिका

बुधबार, ९ फाल्गुन २०८०

बुधबार, ९ फाल्गुन २०८०

काठमाडौं । युवा पुस्ताले निकै रुचाएका गायक नितेशजंग कुँवरले आफ्नो प्रेम सम्बन्धलाई सार्वजनिक गरेका छन् ।



सांगितिक कार्यक्रम ‘रिबर्थ टूर’का लागि अष्ट्रेलिया पुगेका गायक कुँवरले समृद्धि राईसँगको प्रेम सम्बन्ध स्वीकारेका हुन्।

सिड्नीस्थित कोग्राको बैठक रेस्टुरेन्टमा आयोजना गरिएको मिट एण्ड ग्रेट कार्यक्रममा नितेशले समृद्धिसँगको प्रेम सम्बन्ध स्वीकार गर्दे भनेका छन्, ‘उनीसँग विवाहको कुरा ठूलो रहेन । हामी त्यो भन्दा अगाडि बढिसकेका छौँ । हामीबिचको सम्बन्ध, साथ र आत्मीयता विवाहभन्दा ठूलो छ।’

साथै, नितेशले आफ्नो सांगीतिक यात्रा लडखडाएको बेलामा समृद्धिले साथ दिने गरेको र त्यो साथ विवाहभन्दा वजनदार र अर्थपूर्ण रहेको समेत बताएका छन् ।

उनीहरूको सम्बन्धलाई लिएर कहिले शङ्का पनि नगरेका हैनन्, तर उनीहरूले यो कुरालाई स्वीकार गरेका थिएनन् । पहिलेदेखि नै नजिकिएका नितेश र समृद्धिको केही समय अघि रिलिज भएको ‘छोटो छ यो जिन्दगी’ बोलको गीतपछि त झन् आत्मीयता देखिएको थियो ।

नितेशले ‘हाम्रो नेपालमा, आस्मा, निस्टुरी मोरी, बाल छैन, लौ न के गर्ने, धोकेबाज’ जस्ता दर्जनौँ गीत गाएर नेपाली सांगितिक क्षेत्रमा छुटै पहिचान बनाइ सकेका छन् ।

सांगितिक कार्यक्रमकालागि अस्ट्रेलिया पुगेका यी दुवै घुमघाम गरिरहेका छन् । नितेशले आफूहरू घुमघामको फोटो सार्वजनिक गर्दै क्याप्सनमा क्यूइन र हार्टको इमोजी राखेका छन् । उनले सार्वजनिक गरेको पहिलो तस्बिरमा नितेसले समृद्धिलाई बुईमा बोकेका छन् । दोस्रोमा उनीहरू एक अर्काको आँखामा हेर्दै खुसी भएका छन् र तेस्रो तस्बिरमा उनीहरू राजा रानीको ताज लगाएर एउटै गद्दीमा बसेको देख्न सकिन्छ ।

यता, समृद्धिले पनि नितेशसँग हितैको माया बोलको गीत गाएर रिल्स पोस्ट गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट