फिल्म ‘आर्टिकल ३७०’को तारिफ, ९९ रूपैयाँमा नै हेर्न पाइने-Sutra News

फिल्म ‘आर्टिकल ३७०’को तारिफ, ९९ रूपैयाँमा नै हेर्न पाइने

बुधबार, ९ फाल्गुन २०८०

बुधबार, ९ फाल्गुन २०८०

बलिउड अभिनेत्री यामी गौतम यति बेला आफ्नो आगामी फिल्म ‘आर्टिकल ३७०’ लाई लिएर चर्चामा छिन् । यो फिल्मलाई लिएर आम मानिसले मात्र होइन, ठूला व्यक्तित्वहरूले पनि चर्चा परिचर्चा गरिरहेका छन् ।



यसैबिच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि यो फिल्मका बारेमा चर्चा गरेका छन् ।

चुनावी प्रचारका लागि जम्मू पुगेका प्रधानमन्त्री मोदी फिल्मका बारेमा चर्चा गरेका हुन् । मोदीले आफ्नो चुनावी भाषणमा क्रममा यामी गौतमको फिल्मको बारेमा कुरा गर्दै धेरै महत्त्वपूर्ण कुराहरू भनेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

यस क्रममा प्रधानमन्त्री मोदीले जम्मू कश्मीरबाट धारा ३७० हटाउने आफ्नो निर्णयको बारेमा कुरा गरे र यस फिल्मको प्रशंसा पनि गरेका थिए । भाषणमा क्रममा मोदीले अब धारा ३७० मा आधारित भएर ‘आर्टिकल ३७०’ फिल्म आउन लागेको बताए । ‘फिल्म कस्तो छ ? मलाई थाहा छैन। हिजो मात्र मैले टिभीमा फिल्मको बारेमा हेरेँ। अब तपाई संसारभरि जयजयकार हुनुहुनेछ। जनताले सही जानकारी पाउनु राम्रो हो ।’

निर्माण पक्षले फिल्मको बारेमा ठूलो घोषणा पनि गरेको छ । निर्माण पक्षले यो फिल्मको टिकटको मूल्य निकै घटाउने निर्णय गरेको हो । फिल्म हेर्नको लागि ९९ रुपैयाँ मात्र खर्च गर्नु पर्नेछ । निर्माताहरूले टिकटको प्राइम घटाएर ट्रम्प कार्ड खोलेका हुन् । यस्तो अवस्थामा कम मूल्यमा यो फिल्म धेरै भन्दा धेरै दर्शकले हेर्न सक्ने छन् ।

हालै यो फिल्मको टिजर र ट्रेलर पनि सार्वजनिक भएको छ, जसलाई दर्शकले निकै राम्रो प्रतिक्रिया पाइरहेका छन् । फिल्ममा यामीको चरित्र र लुकको पनि निकै तारिफ भइरहेको छ । यसबाहेक फिल्ममा यामीसँगै रामायणमा रामको भूमिका निभाएका अरुण गोविल पनि देखिने छन् । यो फिल्ममा अरुण गोविल प्रधानमन्त्रीको भूमिकामा छन् ।

ज्योति देशपाण्डे, आदित्य धर र लोकेश धरले निर्माण गरेको ‘आर्टिकल ३७०’ आगामी २३ फेब्रुअरीमा विश्वभरका हलमा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट