हाम्रो मतदातालाई चुनाव चिन्ह ‘रुख’मा मत हाल्न पाउने सुनिश्चित गर्ने छौ : गगन थापा-Sutra News

हाम्रो मतदातालाई चुनाव चिन्ह ‘रुख’मा मत हाल्न पाउने सुनिश्चित गर्ने छौ : गगन थापा

मंगलबार, ८ फाल्गुन २०८०

मंगलबार, ८ फाल्गुन २०८०

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने प्रस्ताव पेश गरेका छन् ।



सोमबारदेखि जारी कांग्रेस महासमिति बैठकमा सांगठनिक प्रस्ताव पेश गर्दै थापाले कांग्रेसको समर्थक र शुभेच्छुकमा पार्टीप्रतिको भरोसा राख्न आवधिक निर्वाचनमा रुख चिह्नमा मात्रै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने पेश गरेका हुन् ।

‘निर्वाचनपूर्वको गठबन्धन लोकतन्त्रमा नियमित राजनीतिक अवस्था नभएर एउटा बाध्यात्मक परिस्थितिको उपज थियो, भन्ने कुरालाई मनन गर्दै नेपाली कांग्रेस यस महासमिति बैठकबाट पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै, दृढ संकल्प गर्छ, हामी भविष्यमा हुने आवाधिक निर्वाचनहरू आफ्नै ताकतमा एक्लै लड्ने छौँ, र हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौँ’, थापाले प्रतिवेदनमा भने ।

यसअघि २०७९ सालमा भएको स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा धेरै क्षेत्रमा गठबन्धन गर्दा कांग्रेसका समर्थक र शुभेच्छुकले आफ्नो चुनाव चिह्नमा मतदान गर्न नपाएको उनको भनाइ थियो । यस क्रममा संघ र प्रदेशको निर्वाचनमा गठबन्धनका कारण ७४ प्रतिनिधिसभा क्षेत्रमा र नेपाली कांग्रेसले आफ्ना उम्मेदवारलाई मत हाल्न नपाएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट