महामन्त्री शर्माले भने- निर्वाचनपछि भत्किएको गठबन्धन राष्ट्रपति चयनसँगै ‘ट्र्याक’मा फर्कियो-Sutra News

महामन्त्री शर्माले भने- निर्वाचनपछि भत्किएको गठबन्धन राष्ट्रपति चयनसँगै ‘ट्र्याक’मा फर्कियो

मंगलबार, ८ फाल्गुन २०८०

मंगलबार, ८ फाल्गुन २०८०

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचन आउनुभन्दा चार वर्षअघि यसबारे छलफल गर्नु आवश्यक विषय नभएको बताएका छन् ।



त्यस्तै, उनले आगामी निर्वाचनमा गठबन्धन गरेर जाने वा सबै तहको सम्पूर्ण स्थानमा आफ्नै उम्मेदवार उठाउने विषयमा आएको मत पार्टीभित्रै राख्नु पर्ने उनको भनाइ थियो ।

‘निर्वाचन आउनुभन्दा चार वर्षअघि निर्वाचनबारे छलफल गर्नु यद्यपि आवश्यक विषय होइन,’ उनले भने, ‘त्यसैले आगामी निर्वाचनमा पनि गठबन्धन गरेर हामी जाने छौँ या तिनवटै तहको सम्पूर्ण स्थानमा कांग्रेस उम्मेदवार खडा गर्ने छौँ ? यो विषयमा हामीभित्र रहेका स्वभाविक दुईथरी मतलाई सुरक्षित राखेर उपयुक्त सयमा हामीले निर्णयमा पुग्ने छौँ ।’

यस्तै, उनले अहिले भएको सत्ता गठबन्धन ‘आगत’को सम्झौता नभई विगतले बोकाएको अभिभारा भएको बताए । ‘तत्काल हामी जुन गठबन्धनमा छौँ, त्यो आगतको सम्झौता होइन, विगतले बोकाएको अभिभारा हो, अत त्यसमा निरन्तरता चाहँदा हामीबीच अलमल या अस्पष्टता होइन सुस्पष्ट प्रतिबद्धता जरुरी हुन्छ,’ उनले थपे ।

बैठकमा बोल्दै महामन्त्री शर्माले निर्वाचनपछि गत वर्षको पुस १० गते अनपेक्षित रुपमा भत्किएको गठबन्धन राष्ट्रपति निर्वाचनमा पुग्दै गर्दा पुन ‘ट्र्याक’मा फर्किएको बताएका थिए ।

उनले एकल बहुमत कसैको नभएको संसदमा गठबन्धनलाई कायम राखेर देश र जनताको हितमा काम गर्नु पर्ने अभिभारा भएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट